Previous Version
Thursday, Jun 17, 2021  |  बिहीवार, ३ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
स्वाभिमान सिन्धुली सहयोग अभियानले सङ्कलन गरेको राहत प्याकेज नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई हस्तान्तरण महामारी प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड प्राप्त हुँदै मेची पुल बनेको तीन वर्षपछि मात्र बिहारले बनायो पहुँच मार्ग सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती नेपाली कांग्रेस (बिपी)का आयोजनामा रक्तदान छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप बाढीले निर्माणधीन पुल बगायो छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन विकासमैत्री कानून नहुँदा पूर्वाधार निर्माण असहज : मन्त्री पहाडी ‘होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न सकिँदैन’ आज मिति २०७८ साल असार ३ गते बिहिबार, जुन १७, तपाँईको आजको दिन कस्तो हुनेछ ? चुरेका पहिरोपीडितको जङ्गलमा बास मेलम्ची खानेपानी आयोजनाका आठ सम्पर्कविहीन नदी कटान रोक्न योजना तर्जुमा

सम्सुद्दिन र शान्तिलाई भव्य स्वागत

बुद्धबार, ७ आषाढ २०७४, सगरमाथा पोष्ट

नेपालगन्ज, ७ असार  । नेपालगन्ज उपमहानगरपालिकामा नेकपा एमालेका मेयर, उपमेयर, वडा अध्यक्ष, सदस्य पदका उम्मेदवारहरुलाई बु्धवार वडा नम्बर १२ कोरियनपुरमा मतदाताहरुले भब्य स्वागत गरेका छन् ।
 मेयर पदका उम्मेदवार समशुद्धिन सिद्धिकी, उपमेयर पदका उम्मेदवार शान्ती ढकाल, उक्त वडाका अध्यक्ष देबीदत्त ढकाल लगायतका सदस्य पदका उम्मेदवारहरुलाई मतदाताहरुले स्वागत गरेका हुन । बिहान भएको घरदैलोमा मतदाताहरु घर बाहिर निस्किएर उम्मेदवारहरुसंगै छिमेकमा मत माग्न ब्यस्त थिए भने उनीहरु उम्मेदवारसंगै एमालेका चुनावी गीतहरुमा नाचिरहेका थिए ।
मेयर पदका उम्मेदवार सिद्धिकीले उक्त क्षेत्रका मतदाताहरुको न्यानो स्वागतले आफ्नो आत्मबल बढाएको बताएका छन् । ‘ यो आत्मबल नै मेरो बिजयको संकेत हो ।’— मेयर पदका उम्मेदवार सिद्धिकीले भने । मुक्तिप्ुर, कोरियनपुर र बेलासपुरमा भएको घरदैलो बिपीचोकमा पुगेर कोणसभामा परिणत भएको थियो ।
    बुधवार नै एमालेले नेपालगन्ज  उपमहानगरपालिकाको वडा नम्बर २१ मा घरदैलो अभियान कार्यक्रमको आयोजना गरिएको छ । उक्त सभामा मतदाताहरुको बाक्लो सहभागिता रहेको थियो । यस्तै मध्यान्ह पार्टी कार्यालयमा निर्वाचनका क्रममा आफ्ना पार्टीका उम्मेदवारहरुलाई जिताउनका लागि युवाहरुको भुमिकाका बिषयमा छलफल भएको थियो । छलफलमा पार्टीका बैकल्पिक केन्द्रीय सदस्य मोहमद हारुन, पार्टी अध्यक्ष अशोक कोइरा, पार्टीका नेताहरु शिव डोटेल, रबिन्द्र लम्साल लगायतको सहभागिता रहेको थियो ।

बुधवार कोहलपुर नगरपालिका नेकपा एमालेको वडा न.२ ले बृहत र्याली सहितको घरदैलो अभियान र चुनावी कोण सभा गरेको छ । वडा न.२ किरणनाला,गौरीडाडा,फरेला,बर्दहवा,प्रेमनगर हुदै सिद्धनगरमा आएर कोण सभामा परिणत भएको थियो । कोण सभा नेकपा एमाले केन्द्रिय सल्लाहाकार परिषद सदस्य तथा क्षेत्र न.१ का  सासद देबराज भारको प्रमुख आतिथ्यतामा सम्पन्न गरिएको थियो ।  सभालाई सम्बोधन गर्दै मेयर पदका उम्मेदवार लुटबहादुर रावतले यदि एमालेलाई र मलाई मेयर पदमा जिताएमा   नगर क्षेत्रका सम्पुर्ण  सुकुम्बासी,भुमिहिन,अव्यवस्थित रुपमा बसोबास गरिरहेका व्यक्तिलाई  तत्काल जग्गाधनी पुर्जा उपलब्ध  गराउने तथा भु(उपयोग नीती बनाई सार्वजानिक जमिन र खेती योग्य जमिनको सुरक्षा तथा आवस क्षेत्रको व्यवस्थापन जोड दिए ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू