Previous Version
Thursday, Jun 17, 2021  |  बिहीवार, ३ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
अस्पतालमा सङ्क्रमितको चाप घट्दै हेटौँडाबाट १४३ किलो गाँजासहित तीन पक्राउ जेष्ठ नागरिकको सम्मानमा कस्तो थियो समृद्धिको कविता ? जसले गर्दा पाइन् उनले ८ हजार रुपैयाँ र सम्मान स्वाभिमान सिन्धुली सहयोग अभियानले सङ्कलन गरेको राहत प्याकेज नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई हस्तान्तरण महामारी प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड प्राप्त हुँदै मेची पुल बनेको तीन वर्षपछि मात्र बिहारले बनायो पहुँच मार्ग सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती नेपाली कांग्रेस (बिपी)का आयोजनामा रक्तदान छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप बाढीले निर्माणधीन पुल बगायो छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन विकासमैत्री कानून नहुँदा पूर्वाधार निर्माण असहज : मन्त्री पहाडी ‘होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न सकिँदैन’ आज मिति २०७८ साल असार ३ गते बिहिबार, जुन १७, तपाँईको आजको दिन कस्तो हुनेछ ?

सुर्तीजन्य वस्तु नियन्त्रण गर्ने कानूनलाई कार्यान्वयनमा निरन्तरता जरुरी

शनिबार, २० जेष्ठ २०७४, सगरमाथा पोष्ट

नेपालगन्ज÷ जेठ २० गते  विश्व धुम्रपान रहित दिवसको अवसरमा नेपालगन्जमा शनिबार “सचेतनामूलक अन्तरक्रियात्मक कार्यक्रमको आयोजना गरिएको छ । विश्व स्वास्थ्य संगठनको ”धुम्रपान – विकासका लागि चुनौती  भन्ने नाराका साथ उक्त अन्तरक्रिया कार्यक्रमको आयोजना गरिएको हो । 

स्वास्थ्य अधिकार तथा स¬र्ती नियन्त्रण जिल्ला सञ्जाल, बाँकेको आयोजनामा सम्पन्न सो कार्यक्रममा सञ्जाल र नगरका विभिन्न विद्यालयमा गठन गरिएको धुम्रपान विरुद्ध सचेतना क्लबका सदस्य सहभागी थिए । 
कार्यक्रममा सहभागीहरुले सरोकारवाला सरकारी निकायले सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन लागु भएको तथा सुर्तीजन्य वस्तु नियन्त्रण गर्ने कानूनलाई कार्यान्वयन गर्ने अभियान कडाईका साथ लागु गर्ने अभियानलाई निरन्तरता दिनु पर्ने कुरामा जोड दिए । 


सो अवसरमा कार्यक्रमका प्रमुख अतिथि जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका प्रमुख खिम बहादुर खड्काले स्वास्थ्य क्षेत्रमा सबभन्दा चुनौतीको रुपमा देखिएको सुर्तीजन्य वस्तुको सेवनबाट नेपालमा हरेक एक घण्टामा २ जनाको र हरेक वर्ष १६ हजार भन्दा बढीको अकालमा ज्यान गइरहेको डरलाग्दो तथ्य प्रस्तुत गरे ।   सुर्तीजन्य पदार्थ नियन्त्रण तथा नियमन ऐन २०६८ को दफा ११ को उपदफा ६ अनुसार कार्यान्वयनमा आइसकेको भएपनि बाकेमा पछिल्ला वर्षमा कडाईका साथ कार्यान्वयन नभएपछि कार्यान्वयनका लागि जिल्ला प्रशासन कार्यालय बा“केका सहायक प्रमुख जिल्ला अधिकारीको अध्यक्षमा बैठकले गरेको निर्णय अनुसार ऐन अब कडाईका साथ कार्यान्वयनमा ल्याउन अभियान नै शुरु गरिएको खड्काले बताए ।   


उनले भने– चालु आर्थिक वर्षको श्रावणदेखि जेष्ठ १४ गतेसम्म बाँके जिल्लाबाट मात्र ९२ जना क्यान्सर रोगी र ६४ जना मुटुका रोगीका लागि नेपाल सरकारबाट उपलब्ध गराइने स्वास्थ्य उपचार अनुदानका लागि सिफारीस गरिएको तथ्याङ्क प्रस्तुत गर्दै यी दुबै रोग सुर्तीजन्य वस्तुको सेवनबाट भएको बताए । समुदायका अगुवाहरु, विद्यालयका शिषक विद्यार्थी लगायतले यस विरुद्ध सचेतना जगाउन सहयोग गरे न्युनीकरण गर्न सकिने विश्वास व्यक्त गर्दै प्रमुख अतिथि खड्काले सहभागीहरुलाई घर परिवार, छरछिमेक र समाजमा सचेतना फैलाउन आग्रह गरे ।  


सो अवसरमा जिल्ला जनस्वास्थ्य कार्यालय बाँकेका फोकल पर्सन जागेश्वर बस्नेतले सुर्तीजन्य कारोबार गर्न आन्तरिक राजश्व कार्यालयबाट छुट्टै इजाजत पत्र लिनु पर्ने, ऐन अनुसार सुर्तीजन्य पदार्थ खाद्य पदार्थ विक्री गर्ने पसलबाट बिक्री गर्न नपाइने उल्लेख भए नेपालगन्जमा खाद्य पदार्थ बिक्री पसलबाट अहिले पनि सुर्तीजन्य पदार्थ विक्री वितरण भैरहेको बताए । यसका लागि पहिले सूचना जारी गरेर जनचेतना जगाउने काम शुरु भएको  उनले बताए ।  त्यसपछि पनि अटेरी गरेमा अनुगमन गरी कारवाही गर्न थालिएकोले यस बारे पनि समुदायमा सचेतना जगाउन सहभागीहरुलाई आग्रह गरे । 
बस्नेतले विभिन्न ६ वूँदे सूचना जारी गर्दै जनस्वास्थ्य कार्यालयले सुर्तीजन्य पदार्थको व्यवसाय, कारोबार एवं बिक्री वितरण गर्नेले पालना गर्नुपर्ने जानकारी पटक पटक गरिसकिएको र अब कारवाही प्रक्रिया थालिने चेतावनी दिएको बताउदै बालबालिका र गर्भवति महिलालाई सुर्तीजन्य पदार्थ बेच्न नपाइने र बेच्न नलगाउने समेत कानुनी व्यवस्था छ जानकारी दिए । 


सञ्जालका संयोजक पूर्ण लाल चुकेले आफ्नो प्रस्तुतीको क्रममा आज विश्वभरि नै धुम्रपानले ल्याउने चुनौती प्रमुख जन स्वास्थ्यको विषय बनेको उल्लेख गर्दै हरेक वर्ष धुम्रपानको सेवनको कारण ७० लाख मानिसहरुको मृत्यु हुने गरेको  र सो मध्ये ६० लाख व्यक्तिहरु प्रत्यक्ष धुम्रपान गर्ने तथा ७ लाख ९० हजार व्यक्तिहरु अप्रत्यक्ष रुपमा धुम्रपान सेवन गर्नेहरु पर्दछन भन्ने जानकारी दिदै। नेपालमा १५ देखि ६९ वर्र्ष उमेरका २ जनामा १ जना व्यक्तिले धुम्रपान गर्ने गरेको पाइएको बताए । हरेक एक घण्टामा २ जना व्यक्तिहरुको धुम्रपानका कारण मृत्यु भएको तथ्याङ्कले देखाएको बताए । 


नसर्ने रोगका प्रमुख रोगहरु मध्ये मुटुरोग (कोरोनरी धमनी र मस्तिष्कघात), अर्वुद रोग, श्वास प्रश्वास सम्बन्धि रोग (दम, खोकी), मघुमेह पर्दछन् र यी नसर्ने रोगहरुको मुख्य कारक तत्व मध्ये सुर्ती सेवन एक हो, जसले अर्वुद रोग, फोक्सो सम्बन्धि रोग तथा मुटु रोग जस्ता दीर्घकालीन रोगहरुलाई निम्त्याउँछ प्रस्तुतीका क्रममा संयोजक चुकेले बताए । 

 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू