Previous Version
Thursday, Jun 17, 2021  |  बिहीवार, ३ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
स्वाभिमान सिन्धुली सहयोग अभियानले सङ्कलन गरेको राहत प्याकेज नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई हस्तान्तरण महामारी प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड प्राप्त हुँदै मेची पुल बनेको तीन वर्षपछि मात्र बिहारले बनायो पहुँच मार्ग सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती नेपाली कांग्रेस (बिपी)का आयोजनामा रक्तदान छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप बाढीले निर्माणधीन पुल बगायो छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन विकासमैत्री कानून नहुँदा पूर्वाधार निर्माण असहज : मन्त्री पहाडी ‘होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न सकिँदैन’ आज मिति २०७८ साल असार ३ गते बिहिबार, जुन १७, तपाँईको आजको दिन कस्तो हुनेछ ? चुरेका पहिरोपीडितको जङ्गलमा बास मेलम्ची खानेपानी आयोजनाका आठ सम्पर्कविहीन नदी कटान रोक्न योजना तर्जुमा

सम्सुद्दिन र ढकाल एमालेका उम्मेद्वार

शुक्रबार, १२ जेष्ठ २०७४, सगरमाथा पोष्ट

बाँके, जेठ १ –  नेकपा एमालेले नेपालगन्ज उपमहानगरपालिकाको मेयर र उपमेयरको टुङगो लगाएको छ । शुक्रवार राजधानीमा वसेको स्थाई समितिको बैठकले मेयरमा नेता सम्सुद्दिन सिद्दिकीलाई मेयर र उप मेयरमा महिला नेतृ शान्ति ढकाललाई बनाउने निर्णय गरेको हो । 
सिद्दिकी र ढकाललको नाम नेकपा एमाले नेपालगन्ज उपमहानगर कमिटि, जिल्ला कमिटि र प्रदेश कमिटिले स्थाई कमिटिमा निर्णयका लागि सिफरिस गरेका थिए । मेयरमा सिद्दिकीसंगै नेता विजय कुमार गुप्ताको नाम पनि सिफारिस गरिएको थियो ।
सिद्दिकी २०५४ सालमा भएको स्थानिय निकायको निर्वाचनमा एमालेका तर्फबाट नेपालगन्ज नगरपालिकाको उपमेयरमा विजय भएका थिए । स्थानिय तहको निर्वाचनका लागि हुने निर्वाचनमा उपमेयरका उम्मेद्वार ढकाल बाँकेकी अग्रणी महिला नेतृ हुन । 
यस्तै दोश्रो चरणको निर्वाचनका लागि तुलसीपुर उपमहानगरपालिका, घोराही उपमहानगरपालिका र बुटवल उपमहानगरपालिकाको मेयर उपमेयरको समेत एमालेले टुङगो लगाएको छ । यस्तै माओवादी केन्द्रले पनि नेपालगन्ज उपमहानगरपालिकाको लागि मेयर र उपमेयरको टुङगाएको छ । मेयरका लागि माओवादी केन्द्रका तर्फबाट दामोदर आचार्यलाई  निर्णय गरिएको छ । यस्तै राप्रपाले पनि मेयरको टुङगो लगाईसकेको छ । डाक्टर धवल शम्शेर राणालाई मेयरका लागि उम्मेद्वार बनाउने निर्णय गरेको हो । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू