Previous Version
Thursday, Jun 17, 2021  |  बिहीवार, ३ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
अस्पतालमा सङ्क्रमितको चाप घट्दै हेटौँडाबाट १४३ किलो गाँजासहित तीन पक्राउ जेष्ठ नागरिकको सम्मानमा कस्तो थियो समृद्धिको कविता ? जसले गर्दा पाइन् उनले ८ हजार रुपैयाँ र सम्मान स्वाभिमान सिन्धुली सहयोग अभियानले सङ्कलन गरेको राहत प्याकेज नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई हस्तान्तरण महामारी प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड प्राप्त हुँदै मेची पुल बनेको तीन वर्षपछि मात्र बिहारले बनायो पहुँच मार्ग सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती नेपाली कांग्रेस (बिपी)का आयोजनामा रक्तदान छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप बाढीले निर्माणधीन पुल बगायो छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन विकासमैत्री कानून नहुँदा पूर्वाधार निर्माण असहज : मन्त्री पहाडी ‘होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न सकिँदैन’ आज मिति २०७८ साल असार ३ गते बिहिबार, जुन १७, तपाँईको आजको दिन कस्तो हुनेछ ?

सुन्दर राधापुर बनाउने सुमनका योजना

बुद्धबार, १० जेष्ठ २०७४, सगरमाथा पोष्ट

युवा संघको नेपालगन्ज नगर अध्यक्ष,  जिल्ला कमिटी सदस्य हुँदै मल्ल हाल युथफोर्स केन्द्रीय विभागको सदस्य र  संघको क्षेत्र नम्बर ४ का अध्यक्ष हुन् सुमन मल्ल । मल्ललाई आसन्न स्थानीय तहको निर्वाचनमा  नेकपा एमालेले  खजुरा गाउँपालिका वडा नम्बर १ राधापुरको वडा अध्यक्षमा सर्वसम्मत नाम जिल्ला कमिटीमा सिफारिस गरि पठाएको छ । 

वडा अध्यक्षमा सर्वसम्मत भएपछि  मल्लले सुन्दर राधापुरका लागि आफुसँग स्पष्ट योजना भएको बताए । मल्ल आफु युवा भएपनि गाउँका अग्रजको सल्लाह अनुसार सधै सक्रिय रहने बताए ।

राधापुर पञ्चायतकालदेखि नै कम्युनिष्टहरुको बाहुल्यता रहेको क्षेत्रको रुपमा परिचित छ । मल्लले राजनीतिमा लागेको छोटै समयमै आफुलाई वडा अध्यक्षमा प्रस्ताव गर्ने एमालेका अगुवा देवप्रसाद बुढा, मगनसिंह थापा, रामबहादुर शाही , रामहरी सुनार लगायतका नेताहरुको सरसल्लाहमा  गाउँको विकास निर्माणको काममा अघि बढ्ने बताए । 


मल्लले वडा अध्यक्षको उम्मेदवारका रुपमा सम्पूर्ण राधापुरबासीको स्वास्थ्य विमा गर्ने योजना अघि सारेका छन् । यसैगरी  
राधापुरको कार्यालयहरु एडभान्स र डिजिटल बनाउने उनको योजना छ । कम्तिमा एउटा कार्यालयबाट डिजिटल राधापुरको अभियान सुरुवात गर्नेछौं, उनले भने,– सेवा प्रवाह गुणस्तरीय बनाउने छौं, कम्तिमा ३० मिनेटभित्र सेवा प्रदान गर्ने गरी काम गर्नेछौं ।  राधापुरमा रहेका अधिकाँश भित्री सडक कालोपत्रे गर्ने उनको योजना रहेको छ । यसैगरी पश्चिममा मानखोलाको कटान नियन्त्रणका लागि तटबन्धनलाई मल्लले प्राथमिकता दिएका छन् । 


युवालाई रोजगारमुलक काममा लगाउने उनको महत्वाकांक्षी योजना रहेको छ  । म आफै पनि व्यवसायी भएका कारण नेपालगन्जमा रहेका केही उद्योग राधापुरमा ल्याउन उद्योगीलाई प्रोत्साहन गर्दै स्थानीय युवालाई रोजगारी दिलाउने लक्ष्य छ , मल्लले भने,–यसका लागि अहिले देखि नै समन्वय भईरहेको छ । 


मल्लले खेलकुदलाई विशेष प्राथमिकता दिदै प्रत्येक ६ महिनामा क्षेत्रीय र राष्ट्रियस्तरका प्रतियोगिता गरिने बताए । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू