Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

काँग्रेसको उम्मेदवारको विवाद केन्द्रमा थुप्रियो, आज टुँगो लाग्दै

सोमबार, १८ बैशाख २०७४, सगरमाथा पोष्ट

काठमाडौंः नेपाली काँग्रेसले आसन्न स्थानीय तहको निर्वाचनमा पार्टीका तर्फबाट उम्मेदवारको टुङ्गो लगाउने कार्य अन्तिम चरणमा पुगेको जनाएको छ ।

काँग्रेस पदाधिकारी र पूर्व पदाधिकारीको पार्टी केन्द्रीय कार्यालय सानेपामा आइतबार बेलुका बसेको बैठकले महानगरपालिका र उपमहानगरपालिका तथा जिल्लास्थित पार्टीको संयन्त्रले टुङ्गो लगाउन नसकेका स्थानीय तहमा पार्टीका उम्मेदवारको नाम टुङ्गो लगाउने बारेमा वृहत छलफल गरेको छ । 

काँग्रेसले यसअघि महानगरपालिका र उपमहानगरपालिकाको केन्द्रले र बाँकी तहमा जिल्लास्थित पार्टीको संयन्त्र बनाई उम्मेदवार चयन गर्ने निर्णय गरेको थियो । तर उम्मेदवार मनोनयनको समय नजिकिँदासमेत अधिकांश स्थानीय तहमा उम्मेदवारको टुङ्गो लागिनसकेका कारण केन्द्रले नै टुङ्गो लगाउने बताइएको छ । 

निर्वाचन आयोगले यही वैशाख ३१ गते हुने पहिलो चरणको स्थानीय तहको निर्वाचनका लागि वैशाख १९ गते उम्मेदवारी मनोनयन दर्ताको तालिका सार्वजनिक गरेको छ । काँग्रेसले आज सोमबारसम्म निर्वाचन हुने सबै तहमा पार्टीका उम्मेदवारको टुङ्गो लागिसक्ने जनाएको छ । 

वैशाख ३१ गते प्रदेश नं ३, ४ र ६ मा पहिलो चरणको स्थानीय तहको निर्वाचन हुदँैछ । बैठकमा प्रधानन्यायाधीशविरुद्धको महाअभियोग र काँग्रेस नेतासमेत रहेका गृहमन्त्री विमलेन्द्र निधिले पदबाट दिएको राजिनामा सम्बन्धमा समेत वृहत छलफल भएको पार्टी कार्यालयले जनाएको छ । 

काँग्रेस र नेकपा (माओवादी केन्द्र) का २४९ सांसदले हस्ताक्षर गरी आज व्यवस्थापिका–संसद् सचिवालयमा प्रधानन्यायाधीश सुशीला कार्कीविरुद्ध महाअभियोग प्रस्ताव दर्ता गरेका थिए । सोही विषयलाई लिएर उपप्रधानमन्त्री निधिले राजिनामा गरेका हुन । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू