Previous Version
Thursday, Jun 17, 2021  |  बिहीवार, ३ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
स्वाभिमान सिन्धुली सहयोग अभियानले सङ्कलन गरेको राहत प्याकेज नेपाल रेडक्रस सोसाइटी जिल्ला शाखालाई हस्तान्तरण महामारी प्रतिकार्य र पुनरुत्थानका लागि १७ अर्ब ५५ करोड प्राप्त हुँदै मेची पुल बनेको तीन वर्षपछि मात्र बिहारले बनायो पहुँच मार्ग सर्लाहीका बजारमा विषादीयुक्त आँप छयाप्छयाप्ती नेपाली कांग्रेस (बिपी)का आयोजनामा रक्तदान छैटौँ पटक एक साताका लागि निषेधाज्ञा थप बाढीले निर्माणधीन पुल बगायो छोरीलाई जबरजस्ती करणी गरी हत्या गरेको आरोपमा बुबा पक्राउ थप क्षति हुन नदिन समन्वयात्मक ढंगले कार्य गर्न प्रधानमन्त्रीको निर्देशन विकासमैत्री कानून नहुँदा पूर्वाधार निर्माण असहज : मन्त्री पहाडी ‘होटल क्षेत्रमा तत्काल नयाँ तलबमान कार्यान्वयन गर्न सकिँदैन’ आज मिति २०७८ साल असार ३ गते बिहिबार, जुन १७, तपाँईको आजको दिन कस्तो हुनेछ ? चुरेका पहिरोपीडितको जङ्गलमा बास मेलम्ची खानेपानी आयोजनाका आठ सम्पर्कविहीन नदी कटान रोक्न योजना तर्जुमा

दुई चरणको निर्वाचन हामी मान्दैनौंः एमाले, संविधान संशोधनमा पूरानै अडान

सोमबार, ११ बैशाख २०७४, सगरमाथा पोष्ट

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले स्थानीय तहको निर्वाचन एकै चरणमा हुनु पर्ने निष्कर्ष निकाल्दै दुई चरणमा गर्ने सरकारको निर्णयलाई नमान्ने निष्कर्ष निकालेको छ । 

सो पार्टीका अध्यक्ष केपी ओलीको बालकोटस्थित निवासमा सोमबार बसेको स्थायी समितिको बैठकले वैशाख ३१ मै एकै चरणमा स्थानीय तहको निर्वाचन हुनु पर्ने निर्णय गरेको हो । मधेसी मोर्चालाई समेत सहमतिमा ल्याउन जेठ ३१ गर्ने दोस्रो चरणको निर्वाचन गर्ने सरकारले यसअघि निर्णय गरिसकेको छ । 

सरकारले आइतबार गरेको निर्णयअनुसार पहिलो चरणमा वैशाख ३१ मा प्रदेश नम्बर ३, ४ र ६ मा र दोस्रो चरणमा जेठ ३१ मा १, २ ५ र ७ नम्बरमा चुनाव गर्ने निर्णय गरेको थियो । पहिलो चरणको निर्वाचनपछि अहिलेका सरकार प्रमुख पुष्पकमल दाहालले राजीनामा दिने, काँग्रेस सभापति शेरबहादुर देउवाको नेतृत्वमा सरकार बनाई उसले बजेट जारी गर्ने सँगै दोस्रो चरणको निर्वाचन गर्ने सत्तापक्षको तयारी छ । 

एमाले बैठकले सरकारले मधेसवादी दलहरुसँग सहमति गरेर ल्याउन लागेको परिमार्जनसहितको संविधान संशोधन विद्येयकलाई निर्वाचन विथोल्ने षड्यन्त्र भएको ठहर गरेको छ। सरकारले ल्याउन लागेको परिमार्जसहितको संविधान संशोधन विधेयक राष्ट्रघातीसमेत भएको भन्दै एमाले पार्टी कार्यालयका सचिव कृष्णगोपाल श्रेष्ठले प्रतिपक्षी दल एमालेलाई जानकारी नै नदिई भएका निर्णयहरु आफूहरुलाई मान्य नहुने बताए । 

बैठकले सरकारले मधेसीवादी दलसँग सहमति गरेर चुनावको मिति सारेर चुनाव भाड्ने दिशातर्फ अग्रसर भएको ठहरसमेत एमालेको छ । उसले संविधान संशोधनबारे एमाले आफ्नो पूर्ववत अडानमा कायमै रहेको भन्दै राष्ट्र हितविपरित संविधान संशोधन हुन नहुने निर्णय गरेको छ । 

यद्यपि मधेसी दलहरु चुनावमा आउँछन भने पहिलो चरणको एक डेढ हप्ताभित्र अर्को निर्वाचन गर्ने कुरामा आफूहरु चुनाव दुई चरणमा गर्न तयार रहेको एमाले नेताहरुको भनाई छ । अर्को सरकारले बजेट जारी गरेर चुनाव गर्दा दोस्रो चरणको निर्वाचनमा जनतालाई प्रभावित बनाउने काम हुने एमालको आशंका छ । एमालेको स्थायी समितिको बैठक मंगलार बिहान ११ बजे पुनः बस्ने जनाइएको छ । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू