Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी Embassy of Pakistan in collaboration with NPFCA distributed relief ट्रकले प्रहरीको गाडीलाई ठक्कर दिँंदा ६ प्रहरी घाइते

निर्वाचन हुन नदिन केही शक्ति लागिपरेका छन्ः दाहाल

शुक्रबार, ८ बैशाख २०७४, सगरमाथा पोष्ट

सुरुङ्गा (झापा) ः प्रधानमन्त्री पुष्पकमल दाहालले स्थानीय तहको निर्वाचनलाई कुनै पनि शक्तिले रोक्न नसक्ने दावी गरेका छन् । उनले चुनावी परिणाम आफ्नो या अर्काको पक्षमा पर्छ भन्ने डरले पनि केही साथीहरूले निर्वाचन नचाहेको बताए । 

विर्तामोडमा बिहीबार आयोजित कार्यक्रममा “लामो समयपछि हुन लागेको निर्वाचन कुनै पनि हालतमा सम्पन्न गर्नुपर्छ । परिणाम आफ्नो पक्षमा नआउने देखेर निर्वाचनबाट पछि नहट्नु हुँदैन ।” निर्वाचन हुन नदिन यो या त्यो बहानामा कोही विरोधमा उत्रिए त्यसको जवाफ जनता स्वयंले दिने दाहालको तर्क थियो । 

बीस वर्षपछि इतिहासमा नै पहिलो पटक जनतालाई अधिकारसम्पन्न बनाउने र गाउँ गाउँमा सिहंदरबार पुर्याउन अधिकारसहितको स्थानीय तहको निर्वाचन हुने भएकाले निर्वाचनमा सहभागी हुन उनले सबैलाई आग्रह गरे । 

प्रधानमन्त्री दाहालले भने– “मधेसी मोर्चासहितको समझदारीमा दोस्रो संविधान संशोधन विधेयक दर्ता भएको हो, अहिले मधेसवादी दलले निर्वाचन अस्विकार गर्नुले म आफँैं चकित भएको छु ।” मधेसी मोर्चासँग सहमतिका लागि शुक्रबार बिहान आफूले पुनः वार्ताका लागि बोलाएको बताउँदै उनले वार्तामा आएर सहमतिमा आउनसमेत मधेस केन्द्रित दललाई आग्रह गरे । 

सूचना तथा सञ्चारमन्त्री सुरेन्द्र कार्कीले स्थानीय सरकार बन्न नदिने खेलमा केही तत्व लागिपरे पनि वैशाख ३१ मा नै स्थानीय तहको निर्वाचन हुने बताए । उनले भने, “लामो समयको सङ्घर्षपछि उत्पिडनमा परेका वर्गले अधिकार पाउन लागेका बेला केही साथीहरू निर्वाचन हुन नदिन लागेका छन् ।”

माओवादी केन्द्रका नेता वर्षमान पुनले मधेस केन्द्रित दलसँग जति सहकार्य गर्दा पनि उनीहरू निर्वाचनबाट भाग्न खोजेको बताए । माओवादी केन्द्र १ नं प्रदेश इन्चार्ज गोपाल किरातीले मधेसी मोर्चा, नेकपा र नयाँ शक्तिले निर्वाचन नचाहनु सामान्य भए पनि एमालेले पनि निर्वाचन सार्न दबाब दिइरहेको आरोप लगाए ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू