Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

चुनावमा सेना खटाउने प्रस्ताव मन्त्रिपरिषद्मामा विचाराधीन

बुद्धबार, ६ बैशाख २०७४, सगरमाथा पोष्ट

काठमाडौँ: स्थानीय तहको निर्वाचनमा सेना खटाउने भनिए पनि चार साता बाँकी रहँदासम्म पनि निर्णय हुन सकेको छैन । समयमा निर्णय हुन नसक्दा चुनावको सुरक्षा तयारीमा असर पर्न सक्ने रक्षा मन्त्रालयका अधिकारीहरूले बताएका छन् । 

३१ वैशाखका लागि तय गरिएको निर्वाचनमा सरकारले सेना पनि खटाउने जनाएको थियो । तर, हालसम्म त्यससम्बन्धी निर्णय नगरेको आजको नयाँ पत्रिकामा समाचार छ । 

बजेटसमेत विनियोजन भएको छैन । सेना खटाउने प्रस्ताव अघि बढाइए पनि त्यसबारे निर्णय भइनसकेको रक्षा मन्त्रालयका प्रवक्ता उत्तमकुमार नागिलाले बताए । निर्वाचनमा सेना खटाउने प्रस्ताव रक्षा मन्त्रालयले तीन साताअघि नै मन्त्रिपरिषद्मा लगेको थियो ।

‘०७० सालको संविधानसभा चुनावमा जसरी सेना खटिएको थियो, त्यही मोडालिटीमा सेना खटिन्छ,’ उनले भने, ‘प्रहरीले हेर्दै आएका कारागार, एयरपोर्टको सुरक्षा प्रहरीले हेर्छ, प्रत्यक्ष रूपमा सेना चुनावमा खटिने होइन ।’ मतदानस्थानको सुरक्षा तथा गस्तीका लागि पनि सेना खटाउने प्रस्ताव छ । सेनासहित तीन घेरा सुरक्षामा चुनाव गर्न लागिएको छ ।

सेना खटाउन सरकारले राष्ट्रपतिबाट अनुमोदन गर्नुपर्छ । तर, अब चार साता मात्र बाँकी रहँदा पनि सरकारले यससम्बन्धी निर्णय नगर्दा अन्योलता छाएको रक्षाका एक अधिकारी बताउँछन् । राष्ट्रपतिले अनुमोदन गरेपछि मात्र सेना ब्यारेकबाट निस्कनेछ ।


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू