Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

भीम रावलको प्रश्न मोर्चालाई–जनता आफ्नो पक्षमा छ भन्ने निर्वाचनदेखि किन डराएको ?

आईतवार, ३ बैशाख २०७४, सगरमाथा पोष्ट

काठमाडौंः प्रमुख प्रतिपक्षी दल नेकपा एमालेका उपाध्यक्ष भीम रावलले मधेसी मोर्चाको आन्दोलनले चुनाव नरोकिने दावी गरेका छन् । निर्वाचनलाई अवरोध गर्नेगरी मोर्चाले आन्दोलनका कडा कार्यक्रम घोषणा गरेसँगै निर्वाचन हुने कुरामा आशंका बढिरहेको बेला रावलले त्यस्तो दावी गरेका हुन । 

आइतबार रिपोर्टर्स क्लवमा रावलले चुनाव लोकतन्त्रको महत्वपूर्ण चरण भएकोले तोकिएकै मितिमा एकै चरणमा हुनुपर्ने बताए । उनले मधेशी मोर्चा सम्मिलित संघीय गठबन्धनले घोषणा गरेको आन्दोलनले देशको कुनै पनि भूभागमा निर्वाचन नरोकिने दाबी गरे । 

रावलले भने, ‘मोर्चाका नेताहरु पनि चुनावमा जान डराउनु हुँदैन्, जनतामा जान किन डराउने ?’ उनले आफ्नो पक्षमा जनता भएको दाबी गर्ने मधेसी मोर्चालाई चुनावमार्फत आफ्नो मत ल्याएर दाबी प्रमाणित गरेर देखाउन चुनौति दिए । 

रावलले भने, ‘जनताको मत लिनको लागि किन तयार नहुने ? अनि चुनावको मुखमा आएर हुन दिन्नौं भनेर धम्की दिनु भनेको मोर्चा जनताको पक्षमा छैन् ।’ उनले मोर्चा तथा संघीय गठबन्धनको आमहड्तालसहित आन्दोलन गर्ने निर्णय मधेसी जनताको हितमा पनि नभएको स्पष्ट पारे । 

रावलले सरकारले मोर्चाको माग सम्बोधन गर्नको लागि ल्याएको नयाँ संशोधन प्रस्तावलाई मोर्चाले अस्विकार गरिसकेको उल्लेख गर्दै भने, ‘मोर्चाको लागि ल्याएको प्रस्ताव मोर्चाले अस्विकार गरिसक्यो, के को लागि ल्याइएको हो ? कसको लागि ल्याइएको हो ? हामीले अहिलेसम्म बुझेको छैन् ।’

सरकारले प्रस्ताव ल्याउनुपुर्व एमाले र मोर्चासँग सहमति गरेर ल्याएको दाबी गरेपनि उक्त दाबीमा कुनै सत्यता नै नभएको रावलको जिकिर छ । रावलले भने, ‘सरकारले हामीसँग सहमति गरेर नयाँ संशोधन विद्येयक ल्याएको हो भनेर हल्ला र भ्रम फैलायो, तर यसमा कुनै सत्यता छैन् ।’ 

उनले १९ वर्षपछि हुन गइरहेको स्थानीय तहको निर्वाचन हुन दिन्नौं भनेर धम्की दिनु नेपालको अस्तित्व नै समाप्त पार्ने ठूलो चक्तव्युह रच्ने काम मात्रै हो भन्दै रावलले थपे, ‘जनता चुनाव भाँड्ने पक्षमा छैनन् ।’ रावलले चुनाव सार्ने, टार्ने काम नगर्न समेत सरकारलाई सुझाव दिए । 

उनले जनताले मत हाल्न पाउने अधिकार प्रयोग गर्न नदिने कुरा लोकतान्त्रिक चरित्र नभएको आरोप लगाए । रावलले भने, ‘मधेसी जनता चुनाव हुन नदिने पक्षमा छैनन्, उनीहरु त चुनावको तयारीमा जुटिसकेका छन् ।’


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू