Previous Version
Saturday, Jun 19, 2021  |  शनिबार, ५ आषाढ २०७८   |  नेपाली समय लोड हुदैछ...
थपिए दुई हजार ४०० कोरोना सङ्क्रमित कालो बादल मडारिन थालेपछि ... मस्र्याङ्दी नदी थुनियो, जोखिम झन् बढ्यो हेलिकप्टर चार्टर गरेर सुरक्षित स्थानमा जाँदै मनाङबासी कामपाको नीति तथा कार्यक्रममाथिको छलफल आइतबारदेखि डेनमार्क र आयरल्याण्डबाट सेती नदीले खतराको सतह पार ग¥यो तत्काल मनसुन कमजोर हुने अवस्था छैन : मौसमविद् विदेश भ्रमणलाई २२ निजी अस्पतालको पिसिआर रिपोर्टलाई मान्यता लगानी अभाव परिपूर्तिका लागि विकासका साझेदारसँग नेपालको आग्रह कोरोना कहरः रोजगारीका लागि भारत जाने बढे विपद् जोखिम न्युनिकरणमा विशेष ध्यान दिन राष्ट्रपतिको आग्रह आठ स्थानिय तहका सङ्क्रमितलाई होम आइसोलेसन किट वितरण न्याय सम्पादनमा ढिलाइ : २९६ मुद्दा फैसलाका प्रतीक्षामा नदी नियन्त्रणमा ‘कम्पोजिट’ पर्खाल प्रभावकारी

आफ्नै गुटका नेता देउवाले समेत साथ नदिएपछि निधि संकटमा, संसदमा राजीनामा मागियो

सोमबार, २८ चैत्र २०७३, सगरमाथा पोष्ट

काठमाडौंः मुखमा आएको सत्ता गुम्नसक्ने डरले आफ्नै गुटका नेता शेरबहादुर देउवाले समेत साथ नदिएपछि उपप्रधानमन्त्री तथा गृहमन्त्री विमलेन्द्र निधि नैतिक संकटमा परेका छन् । 

काँग्रेसकै वरिष्ठ नेता रामचन्द्र पौडेलसहितका नेताहरुले संसदको ठूलो दल भएको नाताले काँग्रेसलाई मन्त्रिपरिषदमा दोस्रो वरियता दिनुपर्ने अडान लिइरहेको बेला काँग्रेसकै सभापति देउवाले साथ नदिएपछि निधिलाई अप्ठ्यारोमा परेका हुन । 

राप्रपाका अध्यक्षसमेत रहेका उपप्रधान तथा स्थानीय विकास मन्त्री कमल थापालाई प्रधानमन्त्री पुष्पकमल दाहालले दोस्रो वरियतामा राखेपछि निधि र थापाबीच वरियताको विवाद सिर्जना भएको हो । सोही विवादका कारण लामो समयदेखि मन्त्रिपरिषदसमेत बस्न सकेको थिएन । 

मधेसी मोर्चाले आफ्ना माग पूरा नगरेको भन्दै समर्थन फिर्ता लिएपछि अल्पमतमा पर्नसक्ने अवस्थामा कमल थापालाई देउवा र दाहालले थापाका शर्तहरु पूरा गर्ने प्रतिवद्धता गरेर भित्राएका थिए । थापा भित्रिएसँगै निधिको असहज दिन सुरु भएका हुन । 

विशेषगरी नेपाल प्रहरीको महानिरीक्षक नियुक्तिमा देउवासँग निधिको कुरा नमिलेपछि देउवाले वरियता विवादमा समेत हात छोडिदिएका हुन । यद्यपि वरिष्ठ नेता पौडेलले निधिको पक्षमा साथ दिँदै आफ्ना अडान नछोडन निधिलाई सल्लाह दिएका छन् ।  

वरियता विवादलाई लिएर प्रमुख प्रतिपक्ष दल एमालेका नेताहरुले सोमबार संसद बैठकमा समेत निधिको राजीनामा मागे । एमालेका एक नेता रेवतीरमण भण्डारीले पदमा बसेर मन्त्रिपरिषदमा भाग नलिने कुरा नसुहाउने भन्दै राजीनामा दिन सल्लाह दिएका हुन । संसदीय प्रणालीमा प्रधानमन्त्रीसँग सहमति हुने व्यक्तिले पदमा बस्न नमिल्ने उनको तर्क थियो । 

साँसद एवं राष्ट्रिय जनमोर्चाका नेता चित्रबहादुर केसीले समेत मर्यादाक्रममा सरकारले गाइजात्रा गरेको बताए । उनले केपी ओलीको हुँदाखाँदाको सरकार ढालेर अहिले वरियता विवाद निकालेको भन्दै आलोचना गरे । 

देउवाको बफादार र दाइने हातका रुपमा चिनिएका र केपी ओली नेतृत्वको सरकार ढाल्नसमेत महत्वपूर्ण योगदान दिँदै दाहालपछिको प्रधानमन्त्रीको रुपमा समेत देउवालाई प्रस्तुत गर्न भूमिका खेलेका निधिलाई देउवाले अप्ठ्यारो अवस्थामा ल्याएर हात छोडिदिएका हुन । 


यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू