Previous Version
Sunday, Jun 26, 2022  |  आईतवार, १२ आषाढ २०७९   |  नेपाली समय लोड हुदैछ...
रासस अध्यक्ष झाद्वारा पदबहाली हेटौंडा–बर्दघाट प्रसारण लाइनको अवरोध सर्वोच्चले खुलायो नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि बागमती प्रदेशसभा बैठक सोमबार बस्ने नागरिकता विधेयक अघि बढाउन सांसदको माग समाजको परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण ः प्रधानमन्त्री देउवा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत पृथ्वीराजमार्ग पुनः अवरुद्ध घट्यो सवारीसाधनको भाडा पेस्तोल र गोलीसहित दुईजना पक्राउ जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन क्रियाशील छु : सभामुख बजार अनुगमनः म्याद गुज्रेको सामान नष्ट स्वास्थ्य र शिक्षामा फाउण्डेशनको सहकार्य केही स्थानमा भारी वर्षाको सम्भावना शिवपुरी गाँउपालीकाको बजेट ५८ करोड ९३ लाख, शिवपुरी रोजगार क्लब खोलीने, यस्ता छन गाँउपालीकाका कार्यक्रम

देउवासँग रुष्ट भएर हिंडेकी आरजु दुई महिनापछि बल्ल फर्किइन

बिहीवार, ३ चैत्र २०७३, सगरमाथा पोष्ट

काठमाडौंः पति शेरबहादुर देउवासँग राजनीतिक विषयमा कुरा नमिलेपछि रुष्ट भएर लण्डन गएकी आरजु देउवा दुई महिनाभन्दा लामो समयपछि बल्ल दिल्ली हुँदै काठमाडौं फर्किएकी छन् । 

छोरो जयवीर विरामी भएको भन्दै जनवरी पहिलो साता लण्डन पुगेकी आरजुले राजतन्त्रको विषयमा काँग्रेसले नरम नीति लिनुपर्ने भन्दै काँग्रेसको सभापतिसमेत रहेको आफ्ना पति शेरबहादुरलाई दबाब दिए पनि शेरबहादुर त्यसमा त्यत्ति सकारात्मक नभएपछि आरजु रुष्ट भएको देउवा निकट एक काँग्रेसी नेताको तर्क छ । 

उनी भन्छन– शेरबहादुर दाईलाई तीन तीन पटक आफूले प्रधानमन्त्री बनाइदिएको र काँग्रेसको सभापति समेत आफूले नै जिताएको तर अहिले आफूले भनेको कुरा सुनुवाई नभएको भन्ने आरजु भाउजुको गुनासो हो । 

देउवाले भने यतिखेर राजतन्त्रको पक्षमा कुरा गर्दा कार्यकर्ता मार्ने भन्दै यो उपयुक्त समय नभएको बताउँदै आएका छन् । पूर्वराजपरिवारसँग निकट सम्वन्ध रहेकी आरजु राजनीतिक र आर्थिकरुपमा समेत ठूलो पहुँच राख्ने व्यक्ति हुन । अरु पनि कारण होला, मुख्य कुरा यही हो, छोरो बिरामी भएर भेटन गएको भन्ने कुरा बहाना मात्रै हो– स्रोतको दावी छ । 

लामो समय लण्डन बसाईका क्रममा त्यहाँस्थित नेपाली दूतावास नछोडेपछि र दूतावासको गाडि दुरुपयोग गरेपछि दूतावासका कर्मचारीहरु नै हैरान भएका थिए । दूतावासमा धेरै समय बसेको कुरा मिडियाहरुमार्फत सार्वजनिक भई चौतर्फी आलोचनापछि आरजु केही दिन बार्सिलोनातर्फी लागेकी थिइन । 

बार्सिलोनाबाट पुनः लण्डन फर्किएकी आरजु बुधबार लण्डनबाट काठमाडौंका लागि उँडेर आज बिहीबार काठमाडौं आइपुगेकी छन् । उनलाई विदाई गर्न हिथ्रो विमानस्थल काँग्रेसमा विशेषगरी देउवा निकट मानिएका, आरजुलाई लण्डन बसाईमा घुमफिर तथा भोजभतेर गराउन सहयोग गर्दै आएका कार्यकर्ताहरुको बाहुल्यता देखिन्थ्यो । 

आरजुको बेलायत भ्रमण विवादित बनेपछि जाँदा स्वागतमा गर्न पुगेको त्यहाँस्थित नेपाली राजदूत दुर्गा सुवेदी विदाईमा भने गएनन् । उनले तल्लो तहका एक कर्मचारीलाई पठाइदिएका थिए । 

यो पनि पढनुहोसः
आरजुले लण्डन दूतावास छोडिन, बल्ल हल्का भयो– कर्मचारीहरु

लण्डन दूतावासका कर्मचारी भन्छन– आरजुलाई स्याहार्दैमा हैरान भैयो


यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू