Previous Version
Sunday, Jun 26, 2022  |  आईतवार, १२ आषाढ २०७९   |  नेपाली समय लोड हुदैछ...
रासस अध्यक्ष झाद्वारा पदबहाली हेटौंडा–बर्दघाट प्रसारण लाइनको अवरोध सर्वोच्चले खुलायो नेप्से परिसूचकमा उच्च अङ्कको वृद्धि बागमती प्रदेशसभा बैठक सोमबार बस्ने नागरिकता विधेयक अघि बढाउन सांसदको माग समाजको परिवर्तनका लागि विज्ञान प्रविधिको भूमिका महत्वपूर्ण ः प्रधानमन्त्री देउवा लोकसेवा आयोगको वार्षिक प्रतिवेदन प्रस्तुत पृथ्वीराजमार्ग पुनः अवरुद्ध घट्यो सवारीसाधनको भाडा पेस्तोल र गोलीसहित दुईजना पक्राउ जनप्रतिनिधिमूलक थलोलाई थप जनमुखी बनाउन क्रियाशील छु : सभामुख बजार अनुगमनः म्याद गुज्रेको सामान नष्ट स्वास्थ्य र शिक्षामा फाउण्डेशनको सहकार्य केही स्थानमा भारी वर्षाको सम्भावना शिवपुरी गाँउपालीकाको बजेट ५८ करोड ९३ लाख, शिवपुरी रोजगार क्लब खोलीने, यस्ता छन गाँउपालीकाका कार्यक्रम

छिमेकी मुलुकसँग भरपर्दो र विश्वसनीय नीति प्रस्तुत गर्न अध्यक्ष ओलीको आग्रह

मंगलवार, ७ आषाढ २०७९, सगरमाथा पोष्ट.
काठमाडौँ, नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले छिमेकी मुलुकसँग भरपर्दो र विश्वसनीय नीति र व्यवहारका साथ प्रस्तुत हुनुपर्ने बताउनुभएको छ । पूर्व राजदूत समूहले आज आयोजना गरेको वर्तमान नेपालको परराष्ट्र मामिलाबारे पूर्वराजदूतसँगको संवाद कार्यक्रममा पूर्वप्रधानमन्त्री ओलीले वैदेशिक सम्बन्धका सन्दर्भमा कुनै समस्या आएमा आपसमा संवाद गरेर समाधान गर्न पनि जोड दिनुभयो । अध्यक्ष ओलीले भन्नुभयो, “नेपालले छिमेकीसँग भरपर्दो र विश्वसनीय नीति र व्यवहारका साथ प्रस्तुत हुन आवश्यक छ । बाहिर एउटा भन्ने र भित्र गर्ने अर्को हुने खालको द्वैध चरित्र देखाउन हुँदैन । अन्तर्राष्ट्रिय सम्बन्धको सवालमा हामीले कुनै कार्ड खेल्नुपर्दैन । ” उहाँले कुनै मुलुक जनसङ्ख्या र भूगोलमा सानो हुनसक्ने भए पनि हरेक मुलुकको सार्वभौमसत्ता समान हुने भएकाले नेपालले हिनताबोध नगरी विश्वका सबै मुलुकसँग स्वाभिमानपूर्वक संवाद गर्नसक्ने पनि स्पष्ट गर्नुभयो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू