Previous Version
Sunday, Oct 17, 2021  |  आईतवार, ३१ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपाली काँग्रेस शिवपुरी काठमाण्डौं सम्पर्क समितिद्धारा सुभकामना आदनप्रदान कार्यक्रम आयोजना करिब रु ७३ अर्ब बराबरको लगानी स्वीकृत अन्तर्राष्ट्रिय बालिका दिवस : घरबाटै विभेद अन्त्य गर्नुपर्ने नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै नुवाकोटको छहरेमा रा प्र पा को क्षेत्रीय कार्यालय उद्घाटन एक सय छतिस कार्यकर्ता राप्रपामा प्रवेश नेपाल टेलिकम वर्कर्स युनियन बाग्मती प्रदेशद्धारा सुभकामना आदनप्रदान कार्यक्रम आयोजना उपत्यकामा ७४ प्रतिशतले लगाए केरोना विरुद्धको खोप कोभिशिल्ड खोप लगाएकामा ६३.३ प्रतिशत र भेरोसेलमा ७२.४ प्रतिशत एन्टिबडी आइपिओ जारी गर्दै सामलिङ्ग पावर कम्पनी प्रतितोला रु २०० ले बढ्यो सुनको मूल्य संसद्मा अवरोध कायमै भाडा वृद्धि गरिएकामा आपत्ति हरित जलवायु कोषद्वारा छ अर्ब बराबरको परियोजना प्रस्ताव स्वीकृत कम मूल्यको प्रज्ञापनपत्र बनाई सामान नेपाल भित्रिने गरेको खुलासा कोरोनाले बन्दीपुर केबलकार परियोजना दुई वर्षपछि धकेलियो

अन्तर्राष्ट्रिय बालिका दिवस : घरबाटै विभेद अन्त्य गर्नुपर्ने

शनिबार, २३ असोज २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ, बालिकाविरुद्धको हिंसा र विभेद अन्त्यका लागि घर परिवारदेखि नै जागरण ल्याउनुपर्नेमा जोड दिइएको छ । अन्तर्राष्ट्रिय बालिका दिवस, २०२१ का सन्दर्भमा शुक्रबार महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय र राष्ट्रिय बाल अधिकार परिषद्को आयोजनामा गरिएको कार्यक्रममा मन्त्रालयका सचिव यमकुमारी खतिवडाले गर्भमा रहँदादेखि नै बालिकामाथि विभेद हुने स्थिति अन्त्य हुनुपर्ने बताउनुभयो । उहाँले बालिकामाथि हुने हिंसा र विभेद अन्त्यका लागि भएका कानून र नीतिको कार्यान्वयनमा नेपाल सरकार प्रतिबद्ध रहेको कुरा बताउनुभयो । मन्त्रालयका सहसचिव उमेश ढुङ्गानाले भएका कानूनको कार्यान्वयनका लागि स्थानीय तहसम्म संरचना हुनुपर्ने भएकाले त्यसका लागि पहल भइरहेको बताउनुभयो । परिषद्का कार्यकारी निर्देशक मिलनराज धरेलले स्थानीय तहमा बाल हेल्प लाइन र अन्य संयन्त्रबाट त्यहाँ हुने हिंसा र विभेदको उजुरी लिएर न्याय दिलाउन सकिने प्रणाली स्थापनाको पहल भइरहेको जानकारी दिनुभयो । राष्ट्रिय सञ्जालका संयोजक तिलोत्तम पौडेलले बालिकाको अधिकार संरक्षण र प्रवद्र्धन तथा विकासका लागि सबै पक्ष लाग्नुपर्ने बताउनुभयो । सोही अवसरमा सडक बालबालिकालाई खेलकुदमा अग्रसर गराउन ‘सडकदेखि रङ्गशालासम्म’ कार्यक्रमका लागि परिषद् र नेपाल रग्बी सङ्घबीच सम्झौता सम्पन्न भयो । सम्झौतामा कार्यकारी निर्देशक धरेल र सङ्घका अध्यक्ष टङ्क घिसिङले हस्ताक्षर गर्नुभयो । यस्तै राष्ट्रिय बाल दिवस (भदौ २९) का अवसरमा मन्त्रालय र परिषद्द्वारा आयोजित ‘सङ्घीय नेपालमा बाल अधिकार’ विषयक भिडियो निर्माण प्रतियोगिताका प्रथम र द्वितीय हुने बालबालिकालाई नगद क्रमशः रु २५ र २० हजारसहित पुरस्कार प्रदान गरियो । यही अक्टोबार ११ मा ‘डिजिटल पुस्ता, हाम्रो पुस्ता’ भन्ने नाराका साथ यस वर्षको दिवस विश्वभर मनाइँदैछ । १९ डिसेम्बर २०११ मा भएको संयुक्त राष्ट्र सङ्घीय साधारणसभाको विशेष प्रस्तावबाट निर्णय भई सन् २०१२ देखि प्रत्येक वर्ष अक्टोबर ११ मा यो दिवस मनाउन थालिएको हो । दिवसका अवसरमा संसारभरि बालिका अधिकारलाई प्रवद्र्धन गर्ने, बालिकालाई संरक्षण गर्ने, बालिकामाथि हुने सबै प्रकारका विभेदको अन्त्य, बाल विवाह, गरिबी, अशिक्षा र विभेदबाट बालिकालाई मुक्त गराउने जागरण र अभियान सञ्चालन हुनेछ ।–––

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू