Previous Version
Sunday, Oct 17, 2021  |  आईतवार, ३१ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपाली काँग्रेस शिवपुरी काठमाण्डौं सम्पर्क समितिद्धारा सुभकामना आदनप्रदान कार्यक्रम आयोजना करिब रु ७३ अर्ब बराबरको लगानी स्वीकृत अन्तर्राष्ट्रिय बालिका दिवस : घरबाटै विभेद अन्त्य गर्नुपर्ने नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै नुवाकोटको छहरेमा रा प्र पा को क्षेत्रीय कार्यालय उद्घाटन एक सय छतिस कार्यकर्ता राप्रपामा प्रवेश नेपाल टेलिकम वर्कर्स युनियन बाग्मती प्रदेशद्धारा सुभकामना आदनप्रदान कार्यक्रम आयोजना उपत्यकामा ७४ प्रतिशतले लगाए केरोना विरुद्धको खोप कोभिशिल्ड खोप लगाएकामा ६३.३ प्रतिशत र भेरोसेलमा ७२.४ प्रतिशत एन्टिबडी आइपिओ जारी गर्दै सामलिङ्ग पावर कम्पनी प्रतितोला रु २०० ले बढ्यो सुनको मूल्य संसद्मा अवरोध कायमै भाडा वृद्धि गरिएकामा आपत्ति हरित जलवायु कोषद्वारा छ अर्ब बराबरको परियोजना प्रस्ताव स्वीकृत कम मूल्यको प्रज्ञापनपत्र बनाई सामान नेपाल भित्रिने गरेको खुलासा कोरोनाले बन्दीपुर केबलकार परियोजना दुई वर्षपछि धकेलियो

पार्टीलाई नयाँ ढङ्गबाट अगाडि बढाउनुपर्छ : नेता सिंह

बुद्धबार, २० असोज २०७८, सगरमाथा पोष्ट.
काठमाण्डौं । नेपाली कांग्रेसका नेता प्रकाशमान सिंहले १४औँ महाधिवेशनबाट कांग्रेसलाई नयाँ ढङ्गबाट अगाडि बढाउनुपर्ने बताउनुभएको छ । नेपाली कांग्रेस नागार्जुन नगर कार्यसमितिका नवनिर्वाचित पदाधिकारीको आज ‘बधाई तथा सम्मान’ कार्यक्रममा बोल्दै उहाँले नयाँ युगमा पार्टीलाई नयाँ ढङ्गले अगाडि बढाउनुपर्ने बताउनुभएको हो । “स्थानीय तहदेखि नै कार्यक्रम बनाएर पार्टीलाई संस्थागत ढङ्गले अगाडि बढाउनुपर्छ”, उहाँले भन्नुभयो । पार्टीका पूर्वमहामन्त्री सिंहले पार्टीको १४औँ महाधिवेशनपछि आर्थिक रुपमा जनतालाई बलियो बनाउने गरी कांग्रेसले कार्यक्रम अगाडि सार्नुपर्ने उल्लेख गर्दै आफू विद्यार्थी कालदेखि नै राजनीतिमा लागेकाले एकपटक कांग्रेस नेतृत्व गर्ने अवसर पाउनुपर्ने बताउनुभयो । प्रजातन्त्र जोगाउन र पार्टीलाई संस्थागत गर्नका लागि आफू सभापतिमा लड्न लागेको उहाँको भनाइ छ । “बुबा गणेशमानले राजनीतिमा त्याग गरे भनेर छोराले त्याग गर्नुपर्छ भन्ने छैन”, नेता सिंहले भन्नुभयो । उहाँले राजनीतिलाई सेवाको रुपमा लिनसमेत सबैलाई आग्रह गर्दै अब कांग्रेसमा नेतृत्व गर्ने पालो काठमाडौँको भएको बताउनुभयो । –––

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू