Previous Version
Sunday, Oct 17, 2021  |  आईतवार, ३१ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपाली काँग्रेस शिवपुरी काठमाण्डौं सम्पर्क समितिद्धारा सुभकामना आदनप्रदान कार्यक्रम आयोजना करिब रु ७३ अर्ब बराबरको लगानी स्वीकृत अन्तर्राष्ट्रिय बालिका दिवस : घरबाटै विभेद अन्त्य गर्नुपर्ने नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै नुवाकोटको छहरेमा रा प्र पा को क्षेत्रीय कार्यालय उद्घाटन एक सय छतिस कार्यकर्ता राप्रपामा प्रवेश नेपाल टेलिकम वर्कर्स युनियन बाग्मती प्रदेशद्धारा सुभकामना आदनप्रदान कार्यक्रम आयोजना उपत्यकामा ७४ प्रतिशतले लगाए केरोना विरुद्धको खोप कोभिशिल्ड खोप लगाएकामा ६३.३ प्रतिशत र भेरोसेलमा ७२.४ प्रतिशत एन्टिबडी आइपिओ जारी गर्दै सामलिङ्ग पावर कम्पनी प्रतितोला रु २०० ले बढ्यो सुनको मूल्य संसद्मा अवरोध कायमै भाडा वृद्धि गरिएकामा आपत्ति हरित जलवायु कोषद्वारा छ अर्ब बराबरको परियोजना प्रस्ताव स्वीकृत कम मूल्यको प्रज्ञापनपत्र बनाई सामान नेपाल भित्रिने गरेको खुलासा कोरोनाले बन्दीपुर केबलकार परियोजना दुई वर्षपछि धकेलियो

बैंंकिङ कसुर मुद्दाका फरार व्यक्ति पक्राउ

मंगलवार, १९ असोज २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ,नेपाल प्रहरीले अदालतबाट रु २० लाख जरिवाना भएका एक जनालाई पक्राउ गरेको छ । प्रहरीको केन्द्रीय अनुसन्धान ब्यूरो (सिआइबी)ले बैंंकिङ कसुर मुद्दामा उच्च अदालत पाटनले रु २० लाख जरिवाना गरेपछि फरार रहेका सिन्धुपाल्चोक बलेफी गाउँपालिका–७ घर भई हाल महाराजगञ्ज बस्ने ३० वर्षीय सुजन तामाङलाई सोमबार पक्राउ गरी आज सार्वजनिक गरेको हो । ब्यूरोका प्रवक्ता एवं प्रहरी उपरीक्षक श्यामकुमार महतोले उच्च अदालत पाटनको विसं २०७७ पुस ६ गतेको फैसलापछि आठ दिन कैद र बिगोबमोजिम रु २० लाख जरिवानापछि फरार रहेका तामाङलाई महाराजगञ्जबाट पक्राउ गरिएको जानकारी दिनुभयो । पक्राउ परेका तामाङले आफ्नो ग्लोबल आइएमई बैंकको खातामा पर्याप्त मौज्दात नहुँदानहुँदै विभिन्न व्यक्तिलाई झुक्यानमा पारी चेक दिएर बैंकिङ कसुरजन्य अपराध गरेका थिए । उच्च अदालतले उनलाई बैंकिङ कसुर तथा सजाय ऐन २०६४ बमोजिम फैसला सुनाएको थियो । पक्राउ परेका तामाङलाई फैसला कार्यान्वयनका लागि आज ललितपुर जिल्ला अदालतमा पेश गरिएको प्रवक्ता महतोले बताउनुभयो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू