Previous Version
Sunday, Oct 17, 2021  |  आईतवार, ३१ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपाली काँग्रेस शिवपुरी काठमाण्डौं सम्पर्क समितिद्धारा सुभकामना आदनप्रदान कार्यक्रम आयोजना करिब रु ७३ अर्ब बराबरको लगानी स्वीकृत अन्तर्राष्ट्रिय बालिका दिवस : घरबाटै विभेद अन्त्य गर्नुपर्ने नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै नुवाकोटको छहरेमा रा प्र पा को क्षेत्रीय कार्यालय उद्घाटन एक सय छतिस कार्यकर्ता राप्रपामा प्रवेश नेपाल टेलिकम वर्कर्स युनियन बाग्मती प्रदेशद्धारा सुभकामना आदनप्रदान कार्यक्रम आयोजना उपत्यकामा ७४ प्रतिशतले लगाए केरोना विरुद्धको खोप कोभिशिल्ड खोप लगाएकामा ६३.३ प्रतिशत र भेरोसेलमा ७२.४ प्रतिशत एन्टिबडी आइपिओ जारी गर्दै सामलिङ्ग पावर कम्पनी प्रतितोला रु २०० ले बढ्यो सुनको मूल्य संसद्मा अवरोध कायमै भाडा वृद्धि गरिएकामा आपत्ति हरित जलवायु कोषद्वारा छ अर्ब बराबरको परियोजना प्रस्ताव स्वीकृत कम मूल्यको प्रज्ञापनपत्र बनाई सामान नेपाल भित्रिने गरेको खुलासा कोरोनाले बन्दीपुर केबलकार परियोजना दुई वर्षपछि धकेलियो

एमालेमा वरिष्ठ उपाध्यक्षसहित १५ पदाधिकारी रहने

आईतवार, १७ असोज २०७८, सगरमाथा पोष्ट.
 काठमाडौँ,नेकपा (एमाले) को जारी प्रथम विधान महाधिवेशनमा तीनवटै प्रतिवेदनमाथिको जवाफ सुरु भएको छ । ललितपुर, गोदावरीको सनराइज सम्मेलन केन्द्रमा जारी महाविधेशनमा अहिले १० वटा समूहगत छलफलपछि विधान संशोधन प्रस्ताव, राजनीतिक प्रतिवेदन र साङ्गठनिक प्रतिवेदनमा जवाफ दिने क्रम सुरु भएको छ । महाविधेशनमा विधान संशोधनमाथि समूहगत रुपमा उठेको सुझावको जवाफमा एमाले उपमहासचिव विष्णुप्रसाद पौडेलले १५ जना पदाधिकारीको व्यवस्था भएको बताउनुभयो । उहाँका अनुसार एक जना अध्यक्ष, एक जना वरिष्ठ उपाध्यक्ष, चार जना उपाध्यक्ष, एक जना महासचिव, एक जना उपमहासचिव र सात जना सचिवको व्यवस्था गरिएको उहाँले जानकारी दिनुभयो । यसअघि विधान संशोधन प्रस्ताव पेश गर्दै एक अध्यक्ष, पाँच उपाध्यक्ष, एक महासचिव र ६ जना सचिव गरी १२ जना पदाधिकारी रहने व्यवस्थासहितको प्रस्ताव गरिएको थियो । एमालेमा २२५ जनाको केन्द्रीय कमिटी रहने विधान संशोधनमा गरिएको छ । यस्तै महानगरपालिकामा १०१ नगरकमिटी, उपमहानगपालिकामा ८५, नगरपालिका र गाउँपालिकामा ७५ कमिटी रहने उहाँले जानकारी दिनुभयो । उहाँले सबै कमिटीमा ३३ प्रतिशत महिला सहभागिता सुनिश्चित गराउने बताउनुभयो । त्यस्तै लेखा परीक्षण आयोगको नाम लेखा आयोग भएको छ । सुझावको आधारमा जवाफ दिने क्रममा प्रत्येक प्रदेशमा ५० जनाको कमिटी रहने उहाँले जानकारी दिनुभयो । आजै राजनीतिक प्रतिवेदनमाथि पार्टी अध्यक्ष केपी शर्मा ओली र साङ्गठनिक प्रतिवेदनमाथि महासचिव इश्वर पोखरेलले जवाफ दिनुहुने छ । उहाँहरुले प्रतिवेदनमाथि जवाफ दिइसकेपछि महाधिवेशनले तीनवटै प्रतिवेदन पारित गर्ने भएको पनि बताइएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू