Previous Version
Sunday, Oct 17, 2021  |  आईतवार, ३१ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपाली काँग्रेस शिवपुरी काठमाण्डौं सम्पर्क समितिद्धारा सुभकामना आदनप्रदान कार्यक्रम आयोजना करिब रु ७३ अर्ब बराबरको लगानी स्वीकृत अन्तर्राष्ट्रिय बालिका दिवस : घरबाटै विभेद अन्त्य गर्नुपर्ने नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै नुवाकोटको छहरेमा रा प्र पा को क्षेत्रीय कार्यालय उद्घाटन एक सय छतिस कार्यकर्ता राप्रपामा प्रवेश नेपाल टेलिकम वर्कर्स युनियन बाग्मती प्रदेशद्धारा सुभकामना आदनप्रदान कार्यक्रम आयोजना उपत्यकामा ७४ प्रतिशतले लगाए केरोना विरुद्धको खोप कोभिशिल्ड खोप लगाएकामा ६३.३ प्रतिशत र भेरोसेलमा ७२.४ प्रतिशत एन्टिबडी आइपिओ जारी गर्दै सामलिङ्ग पावर कम्पनी प्रतितोला रु २०० ले बढ्यो सुनको मूल्य संसद्मा अवरोध कायमै भाडा वृद्धि गरिएकामा आपत्ति हरित जलवायु कोषद्वारा छ अर्ब बराबरको परियोजना प्रस्ताव स्वीकृत कम मूल्यको प्रज्ञापनपत्र बनाई सामान नेपाल भित्रिने गरेको खुलासा कोरोनाले बन्दीपुर केबलकार परियोजना दुई वर्षपछि धकेलियो

एक हजार ६६ सङ्क्रमित थपिए

शुक्रबार, १५ असोज २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ, पछिल्लो २४ घण्टामा एक हजार ६६ जनामा कोरोना भाइरसको सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले सार्वजनिक गरेको तथ्याङ्कअनुसार १३ हजार ३६८ जनामा कोरोना परीक्षण गर्दा सो सङ्ख्यामा सङ्क्रमण पुष्टि भएको हो । आज थपिएकासँगै देशभर सक्रिय सङ्क्रमित १८ हजार ११५ जना पुगेको छ । नेपालमा सङ्क्रमण दर १८.९ प्रतिशत छ । पाँच सयभन्दा बढी सङ्क्रमित भएका जिल्ला नौ र २०० भन्दाबढी सङ्क्रमित भएका जिल्ला १९ छन् । सो अवधिमा ९३८ जना सङ्क्रमणमुक्त भएका छन् । यससँगै नेपालमा सङ्क्रमणमुक्त हुनेको सङ्ख्या सात लाख ६६ हजार ६९६ छ । नेपालमा सङ्क्रमणमुक्त हुने दर ९६.३ प्रतिशत छ । यस्तै सङ्क्रमणबाट पछिल्लो २४ घण्टामा १३ जनाको मत्यु भएको छ । अहिलेसम्म सङ्क्रमणबाट ११ हजार १४८ जनाको मृत्यु भइसकेको छ । हाल देशभर ३५४ सघन उपचार कक्ष (आइसीयू), ११६ भेन्टिलेटर, १६ हजार ८८१ होम आइसोलेशन, एक हजार २३४ संस्थागत आइसोलेशन र २४२ जना क्वारेन्टिनमा रहेका छन् । आज दुई लाख १७ हजार ३९१ जनाले कोभिड–१९ विरुद्धको खोप लगाएका छन् । हालसम्म ७६ लाख ३१ हजार १८८ जनाले पहिलो मात्रा र ६३ लाख २८ हजार ३२७ पूर्णमात्राको खोप लगाएका छन् ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू