Previous Version
Sunday, Oct 17, 2021  |  आईतवार, ३१ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपाली काँग्रेस शिवपुरी काठमाण्डौं सम्पर्क समितिद्धारा सुभकामना आदनप्रदान कार्यक्रम आयोजना करिब रु ७३ अर्ब बराबरको लगानी स्वीकृत अन्तर्राष्ट्रिय बालिका दिवस : घरबाटै विभेद अन्त्य गर्नुपर्ने नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै नुवाकोटको छहरेमा रा प्र पा को क्षेत्रीय कार्यालय उद्घाटन एक सय छतिस कार्यकर्ता राप्रपामा प्रवेश नेपाल टेलिकम वर्कर्स युनियन बाग्मती प्रदेशद्धारा सुभकामना आदनप्रदान कार्यक्रम आयोजना उपत्यकामा ७४ प्रतिशतले लगाए केरोना विरुद्धको खोप कोभिशिल्ड खोप लगाएकामा ६३.३ प्रतिशत र भेरोसेलमा ७२.४ प्रतिशत एन्टिबडी आइपिओ जारी गर्दै सामलिङ्ग पावर कम्पनी प्रतितोला रु २०० ले बढ्यो सुनको मूल्य संसद्मा अवरोध कायमै भाडा वृद्धि गरिएकामा आपत्ति हरित जलवायु कोषद्वारा छ अर्ब बराबरको परियोजना प्रस्ताव स्वीकृत कम मूल्यको प्रज्ञापनपत्र बनाई सामान नेपाल भित्रिने गरेको खुलासा कोरोनाले बन्दीपुर केबलकार परियोजना दुई वर्षपछि धकेलियो

शिवपुरीमा दुई दिनमा ८९१ जनाले लगाए कोभिडसील

बुद्धबार, १३ असोज २०७८, सगरमाथा पोष्ट.
प्रवीण थपलिया। नुवाकोट, 
शिवपुरी गाउँपालिका स्वास्थ्य शाखा ले कोभिड खोप  लगाउन बाँकी नागरिक,शिक्षक,विद्यार्थी तथा पर्यटकीय क्षेत्र तथा होटलमा काम गर्ने व्यक्तिहरुलाई भेरोसेल खोपको पहिलो मात्रा लगाउन सुरु गरेको छ । असोज १२,१३ र १४ गते गरि तीन दिन खोप लगाउने कार्यक्रम तोकिएकोमा पहिले दिन 353  जना पुरुष 244  जना महिला ले खोप लगाएका थिए भने दोस्रो दिन 138  पुरुष तथा 156  महिला ले खोप लगाएका थिए। खोप कार्यक्रम संचालन गरिएको दुई  दिनमा कुल 891  जनाले खोप लगाएको शिवपुरी  स्वास्थ्य शाखा प्रमुख उद्धव कार्कीले जानकारी गराउनुभएको छ ।   खोप लगाउने नागरिकको उत्साह जनक र उल्लेख्य  उपस्थिति भएका ले जिल्लामा खोप अपुग भएका ले ककनी गाउँपालिकासंग 150 डोज खोप सापटी लिएर खोप कार्यक्रम संचालन गरिएको कार्की वताउनु हुन्छ।   शिवपुरीमा 25  खोप केन्द्र मार्फत कोभिड खोप संचालन गरिरहेको  छ  । 
No description available.
त्यस्तै सुनखानी स्वास्थ्य चौकी का स्वास्थ्य कर्मीले कोभिड खोप  लगाउन बाँकी नागरिक,शिक्षक,विद्यार्थी तथा पर्यटकीय क्षेत्रका तथा होटलमा काम गर्ने व्यक्तिहरुलाई वडा को तीन स्थानमा घुम्ती  खोप केन्द्र  स्थापना गरि खोप लगाएका छन। यहि असोज १२ गते देखि सुरु गरिएको खोप कार्यक्रम असोज १४ गते सम्म संचालन गरिने सुनखानी स्वास्थ्य चौकीका ईन्चार्ज बद्रि मैनाली जानाकारी गराएका छन्। 
घ्याम्पेरश्वरी आ.वि, रचन डाँडा असोज १२ गते संचालन गरिएको खोप कार्यक्रममा 51  जना ले र असोज १३ जलेश्वर आ.वि, गुरुङ गाउँ 29  जना ले भेरोसेल खोप पहिलो मात्रा लगाएको खोप कार्यक्रम खटिनु भएका सुनखानी स्वास्थ्य चौकीका सिनियर अनमी (S. A. N. M) मिरा सिलुवाल ले जानकारी दिनु भएको छ । अगाडिका खोप कार्यक्रममा खोप लगाउन छुटेका ४५ वर्ष माथिक सम्पूर्ण नागरिक,१८ वर्ष माथिका विद्यार्थी तथा अत्यावश्यक सेवा, शिक्षक, पर्यटकीय क्षेत्र तथा होटलमा काम गर्ने व्यक्तिहरुलाई लक्षित गरि शिवपुरी गाउँपालिका ले शिवपुरीका आठै वडामा भेरोसेल खोप पहिलो मात्रा लगाइरहेको छ । प्राप्त जानकारी अनुसार उक्त खोप कार्यक्रम भोली १४ गते सम्म संचालन हुने छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू