Previous Version
Friday, Sep 17, 2021  |  शुक्रबार, १ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
विश्वकप क्रिकेट लिग–२मा नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित छहरे टोखा सडक अझै खुलेन, यात्रु र सवारी चालक अलपत्र नेपालमा कोभिड–१९ जस्तै लक्षण भएको रोग भेटीयो, सचेत रहन स्वास्थ्य मन्त्रालयको अनुरोध मनकामना केबुलकार आइतबारबाट चल्ने सवारी दुर्घटनामा तीन जनाको मृत्यु देशको कला र संस्कृतिको पहिचान गराउन फेसियल हाउसको प्रयास, पशुपतिमा भगवान श्री कृष्णको यो फोटो सुट बन्यो भाइरल बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने नेपालसहितका नेता निर्वाचन आयोगमा फरक प्रदेशका सवारी साधन नवीकरण रोकिँदा समस्या स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन पक्राउ असन्तुष्ट नेतासहितको बैठकपछि एमालेमा एकताको सन्देश मौसममा सुधार हुन अझै केही दिन लाग्ने ‘खोपमा चरम लापरवाही’ एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध, बैंकिङ कारोवार ठप्प सुर्खेतमा पुनः एकसाता निषेधाज्ञा

छहरे टोखा सडक अझै खुलेन, यात्रु र सवारी चालक अलपत्र

शनिबार, १९ भाद्र २०७८, ​प्रविण थपलिया ।सगरमाथा पोष्ट.
छहरे टोखा सडक खण्डको गुरुजेभञ्याङमा हिजो दिउँसो गएको पहिरोका कारण अझै सडक सुचारु हुन सकिरहेको छैन । हिजो दिँउसो अबिरल बर्षा पछि माथीबाट ठुला ठुला ढुंगा सडकमा खसेपछि सडक अबरुद्ध भएको हो । सडक सुचारु गराउन हिजो राती अबेर सम्म स्काभेटर लगाएपनि ढुंगा पन्छाउन नसकीएको गुर्जे प्रहरीले जनाएको छ ।
हिजो दिँउसो देखि सडक सडक अवरुद्ध भएपछि त्यस रुटमा चल्ने सवारी तथा यात्रुहरु मर्कामा परेका छन् । स्काभेटरले ढुंगा पन्छाउन पहल गरेपनि असम्भब भएपछि कतिपय यात्रुहरु सवारीसाधनमानै बसेर रात काटेका थिए भने बाटो खुल्न सम्भव नदेखिएपछि  एम्वुलेन्समा सवार विरामीलाई भने गुरुजेभञ्याङ चौकीका प्रहरीले उद्दार गरेर काठमाडौं पठाएका थिए।
No description available. 
सडक डिभिजन कार्यालयको स्काभेटर ले हिजो राती अवेर सम्म पहिरो हटाउन प्रयास गरेपनि असम्भव भएपछि राती दस वजे काम बन्द गरिएको थियो, विहान सबेरै देखि उक्त पहिरो हटाउन प्रयास गरेपनि असम्भव भएपछि काठमाडौं ब्रेकर झिकाएर पहिरो हटाउने सडक डिभिजन कार्यालय नुवाकोटका सुचना अधिकार दुर्गा प्रसाद फुयाँलले बताए। 
फुंयालका अनुसार ूसम्भव भए आज अवेर सम्म र नत्र भोली विहान सम्म सडक सुचारु हुने छ ।  फुयाँलले काठमाडौंबाट  ब्रेकर झिकाएको दावी गरेपनि आज बिहान ११ बजे सम्म पनि ब्रेकर पहिरो स्थलमा नपुगेको पहिरो स्थलमा रहेका सवारी चालक इश्वर पण्डित ले जानकारी  गराए ।
No description available.
पहिरोमा अलपत्र सवारी चालकहरुले खाना समेत खान नपाएको गुनासो गरे अवेर सम्म सडक खुल्ने आशामा बसेका थियौँ खाना खाइएन सवारी चालक पशुपति पाण्डेले गुनासो  गरे ।  काठमाडौं दुध बोकेर आएका सवारी पहिरोले रोकिदा दुध बाटोमा नै जमेको अर्को सवारी चालक रामकुमार थापाले गुनासो गरे ।  सरोकारवाला निकायले तत्काल पहिरो हटाउन चासो नदेखाएको भन्दै अलपत्र यात्रु तथा सवारी चालकले गुनासो गरे ।
No description available.

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू