Previous Version
Friday, Sep 17, 2021  |  शुक्रबार, १ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
विश्वकप क्रिकेट लिग–२मा नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित छहरे टोखा सडक अझै खुलेन, यात्रु र सवारी चालक अलपत्र नेपालमा कोभिड–१९ जस्तै लक्षण भएको रोग भेटीयो, सचेत रहन स्वास्थ्य मन्त्रालयको अनुरोध मनकामना केबुलकार आइतबारबाट चल्ने सवारी दुर्घटनामा तीन जनाको मृत्यु देशको कला र संस्कृतिको पहिचान गराउन फेसियल हाउसको प्रयास, पशुपतिमा भगवान श्री कृष्णको यो फोटो सुट बन्यो भाइरल बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने नेपालसहितका नेता निर्वाचन आयोगमा फरक प्रदेशका सवारी साधन नवीकरण रोकिँदा समस्या स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन पक्राउ असन्तुष्ट नेतासहितको बैठकपछि एमालेमा एकताको सन्देश मौसममा सुधार हुन अझै केही दिन लाग्ने ‘खोपमा चरम लापरवाही’ एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध, बैंकिङ कारोवार ठप्प सुर्खेतमा पुनः एकसाता निषेधाज्ञा

फरक प्रदेशका सवारी साधन नवीकरण रोकिँदा समस्या

बुद्धबार, ९ भाद्र २०७८, सगरमाथा पोष्ट.
यातायात व्यवस्था कार्यालय नवलपरासी (बर्दघाट सुस्तापूर्व) नवलपुरमा फरक प्रदेशका सवारी साधनको कर सङ्कलन र नवीकरण रोकिँदा सेवाग्राहीलाई समस्या भएको छ । भौतिक पूर्वाधार, सहरी विकास तथा यातायात व्यवस्था मन्त्रालय गण्डकी प्रदेशबाट फरक प्रदेशका सवारी साधनको कर सङ्कलन र नवीकरणसम्बन्धी परिपत्र नआएपछि यातायात व्यवस्था कार्यालयले कर सङ्कलन तथा नवीकरण कार्य रोकेको छ । कर सङ्कलन र नवीकरणको काम रोकिएपछि यस क्षेत्रका सेवाग्राही भने समस्यामा परेका छन् ।
मन्त्रालयबाट फरक प्रदेशका सवारीको कर सङ्कलन र नवीकरणका लागि परिपत्र नआएकाले कावासोतीस्थित कार्यालयबाट गण्डकी प्रदेशबाहेकका अन्य प्रदेशमा दर्ता भएका सवारी साधनको कर तथा नवीकरण कार्य रोकिएको यातायात व्यवस्था कार्यालयका प्रमुख ज्ञानप्रसाद भुसालले बताउनुभयो ।
यस कार्यालयबाट अघिल्ला वर्षमा सवारी धनीको ठेगाना गण्डकी प्रदेश रहेकाहरूका सवारी साधन दर्ता अन्य प्रदेशमा भएको भए पनि कर सङ्कलन र नवीकरण हुँदै आएको थियो । अहिले यस आर्थिक वर्षका लागि मन्त्रालयले कर सङ्कलन र नवीकरण यथास्थितिमा गर्न भनी कुनै पत्राचार नगरेकाले आफूहरूले फरक प्रदेशमा दर्ता भएका सवारी साधनको कर सङ्कलन र नवीकरण रोकेको कार्यालय प्रमुख भुसालले जानकारी दिनुभयो । 

“हामीलाई प्रत्येक वर्ष कर सङ्कलनका लागि मन्त्रालयबाट पत्र आउथ्यो, सोही आधारमा सवारी धनीको ठेगाना गण्डकी प्रदेशमा भएका तर सवारी साधन दर्ता अन्य प्रदेशमा भए पनि नवीकरण गर्ने काम गथ्र्यौँ”, उहाँले भन्नुभयो, “अहिले यस्तो परिपत्र आएको छैन, यसले गर्दा अन्य प्रदेशमा दर्ता भएका सवारी साधनको कर सङ्कलन र नवीकरण कार्य रोकेका छौँ ।” अहिले गण्डकी प्रदेशबाट दर्ता भएका सवारी साधनको मात्रै कर सङ्कलन र नवीकरण गरिएको उहाँले बताउनुभयो ।

फरक प्रदेशका सवारी साधनको कर सङ्कलन र नवीकरण रोकिँदा सेवाग्राही भने समस्यामा परेको गुनासो गरेका छन् । यस क्षेत्रमा अधिकांश बागमती, लुम्बिनी, नारायणीबाट दर्ता भएका सवारी साधन सञ्चालनमा छन् । ती स्थानबाट सवारी दर्ता भएका सेवाग्राही अहिले अन्यत्र कर बुझाउन जानुपर्दा समस्या सिर्जना भएको उनीहरूको भनाइ छ । नवलपुरको कार्यालयले आफ्नो सवारी साधन नवीकरण नगर्दा अब अन्यत्र जानुपर्दा समस्या हुने स्थानीयवासी निरोज सिञ्जालीले बताउनुभयो । 

प्रमुख भुसालले भने आफूहरूले यस विषयमा कर सङ्कलन र नवीकरणका लागि अनुमति दिन पत्राचार गरिसकेको बताउनुभयो । “हामीले सेवाग्राहीका समस्या बुझेका छौँ, पत्राचारसमेत सम्बन्धित निकायमा गरेका छौँ”, कार्यालय प्रमुख भुसालले भन्नुभयो, “सायद चाँडै यस विषयमा निकास आउने छ, अघिल्ला वर्षहरूमा जसरी कर सङ्कलन र नवीकरणका लागि निरन्तरता दिनु भने हामी तत्काल कार्य गर्छौँ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू