Previous Version
Friday, Sep 17, 2021  |  शुक्रबार, १ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
विश्वकप क्रिकेट लिग–२मा नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित छहरे टोखा सडक अझै खुलेन, यात्रु र सवारी चालक अलपत्र नेपालमा कोभिड–१९ जस्तै लक्षण भएको रोग भेटीयो, सचेत रहन स्वास्थ्य मन्त्रालयको अनुरोध मनकामना केबुलकार आइतबारबाट चल्ने सवारी दुर्घटनामा तीन जनाको मृत्यु देशको कला र संस्कृतिको पहिचान गराउन फेसियल हाउसको प्रयास, पशुपतिमा भगवान श्री कृष्णको यो फोटो सुट बन्यो भाइरल बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने नेपालसहितका नेता निर्वाचन आयोगमा फरक प्रदेशका सवारी साधन नवीकरण रोकिँदा समस्या स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन पक्राउ असन्तुष्ट नेतासहितको बैठकपछि एमालेमा एकताको सन्देश मौसममा सुधार हुन अझै केही दिन लाग्ने ‘खोपमा चरम लापरवाही’ एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध, बैंकिङ कारोवार ठप्प सुर्खेतमा पुनः एकसाता निषेधाज्ञा

स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन पक्राउ

मंगलवार, ८ भाद्र २०७८, सगरमाथा पोष्ट.
नेपाल प्रहरीले स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन जनालाई पक्राउ गरेको छ । महानगरीय प्रहरी वृत्त जनसेवाको टोलीले स्रोत नखुलेको उक्त रकमसहित लक्ष्मण पौडेल, अभिषेक अग्रवाल र मधुसुदन खड्कालाई आज दिउँसो काठमाडौँ महानगरपालिका–२२ खिचापोखरीबाट पक्राउ गरेको हो । 
महानगरीय प्रहरी परिसर काठमाडौँका प्रवक्ता, प्रहरी उपरीक्षक रमेशकुमार बस्नेतले सिमराका ३२ वर्षीय पौडेलले बोकेको झोलामा रु ३१ लाख रकम शङ्कास्पदरूपमा फेला पारेपछि पक्राउ गरेर सोधपुछ गर्दा थप ५४ लाख ५६ हजारसहित अग्रवाल र खड्कालाई पक्राउ गरिएको जानकारी दिनुभयो । 
पक्राउ पौडेललाई सोधपुछ गर्दा होलिडे ट्रेडिङ प्रालिका सञ्चालकसमेत रहेका अग्रवालले दिएको खुलेपछि प्रहरीले अग्रवाल र उनका कामदार खड्कालाई नियन्त्रणमा लिएको हो । प्रहरीले उनीहरुलाई समानान्तर बैंकिङ कारोबार (हुण्डी) कारोबार गरेको हुनसक्ने भएकाले थप अनुसन्धान गरिरहेको प्रवक्ता बस्नेतले बताउनुभयो । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू