Previous Version
Friday, Sep 17, 2021  |  शुक्रबार, १ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
विश्वकप क्रिकेट लिग–२मा नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित छहरे टोखा सडक अझै खुलेन, यात्रु र सवारी चालक अलपत्र नेपालमा कोभिड–१९ जस्तै लक्षण भएको रोग भेटीयो, सचेत रहन स्वास्थ्य मन्त्रालयको अनुरोध मनकामना केबुलकार आइतबारबाट चल्ने सवारी दुर्घटनामा तीन जनाको मृत्यु देशको कला र संस्कृतिको पहिचान गराउन फेसियल हाउसको प्रयास, पशुपतिमा भगवान श्री कृष्णको यो फोटो सुट बन्यो भाइरल बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने नेपालसहितका नेता निर्वाचन आयोगमा फरक प्रदेशका सवारी साधन नवीकरण रोकिँदा समस्या स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन पक्राउ असन्तुष्ट नेतासहितको बैठकपछि एमालेमा एकताको सन्देश मौसममा सुधार हुन अझै केही दिन लाग्ने ‘खोपमा चरम लापरवाही’ एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध, बैंकिङ कारोवार ठप्प सुर्खेतमा पुनः एकसाता निषेधाज्ञा

नेप्सेमा झिनो सुधार, १५ कम्पनीको शेयरमा सर्किट

मंगलवार, १ भाद्र २०७८, सगरमाथा पोष्ट.
काठमाडौं,  विकास बैंक, जलविद्युत् र वित्त क्षेत्रका कम्पनीको शेयरमा लगानीकर्ताको आकर्षण देखिएको छ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक झिनो अङ्कले बढे पनि ती उपसमूहअन्तर्गत कम्पनीको शेयर मूल्यमा उच्च अङ्कको वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार शेयर कारोबार हुने साताको तेस्रो दिन मङ्गलबार नेप्से ०.२३ बिन्दुले बढेर तीन हजार १६०.३१ मा पुगेको छ । यस्तै, ठूला कम्पनीको शेयर कारोबार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.३५ बिन्दुले बढेर ५९३.२८ मा पुगेको छ । कूल २२१ कम्पनीको तीन करोड छ लाख १३ हजार ४३९ कित्ता शेयर रु १८ अर्ब २० करोड ४९ लाख ३९ हजार २३७ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोबारपछि बजार पूँजीकरण रु ४४ खर्ब १४ अर्ब ४३ करोड ७० लाख ९० हजार बराबर पुगेको छ । यो हालसम्मकै उच्च बजार पूँजीकरण हो । कारोबार भएका १३ उपसमूहमध्ये छ उपसमूहको शेयर मूल्यमा वृद्धि भएको छ भने सात उपसमूहको शेयर ओरालो लागेको छ । बैंकिङ २३.१८, व्यापार ५९.५, होटल तथा पर्यटन ३८.०६, निर्जीवन बीमा १३२.५९, अन्य ३५.३६, जीवन बीमा २५१.७८ र सामूहिक लगानी कोष ०.१५ बिन्दुले घटेको छ । यस्तै, विकास बैंक २९२.७३, जलविद्युत् ११६.९३, वित्त १४१.७७, उत्पादन ८९.७१, लघुवित्त ५.४९ र लगानी ०.०७ बिन्दुले बढेको छ । कारोबारका अपि पावर कम्पनी शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ८६ करोड ३८ लाख २४ हजार ७१७ बराबरको कारोबार भयो । एचआइडिसिएल रु ६२ करोड ४० लाख ७५ हजार ७९५, अरुण काबेली पावर रु ६० करोड ३४ लाख ३१ हजार ९९९, रिडी हाइड्रोपावर रु ५५ करोड १९ लाख १५ हजार ७०१ र अरुण भ्याली हाइड्रोपावर रु ४३ करोड ७० लाख ४६ हजार २२३ बराबरको कारोबार भई शीर्ष स्थानमा रहेको छ । १५ कम्पनीको शेयरमा सकारात्मक सर्किट नेप्सेका अनुसार कूल १५ कम्पनीको शेयरमा सकारात्मक सर्कीट लागेको छ । त्यसमा गुर्खाज फाइनान्स, फस्ट माइक्रोफाइनान्स, दिव्यश्वरु हाइड्रोपावर, अरुण काबेली पावर, आँखु खोला जलविद्युत् कम्पनी, जोशी हाइड्रोपावर, पञ्चकन्या माई हाइड्रोपावर, हिमाल दोलखा हाइड्रोपावर, माउण्टेन इनर्जी नेपाल, रुरु जलविद्युत् परियोजना, सिइडिबी हाइड्रोपावर, जीवन विकास लघुवित्त, रिडी हाइड्रोपावर, खानीखोला हाइड्रोपावर, नेशनल हाइड्रोपावरको शेयर मूल्यमा सकारात्मक सर्किट लागेको छ । यसैगरी, एनआइबिएल प्रगति फण्ड ३.८६, नबिल डिवेञ्चर, ३.८०, सिद्धार्थ इक्विटी फण्ड ३.२४, माछापुच्छ्रे बैंक २.७५ र प्राइम लाइफ इन्स्योरेन्सका लगानीकर्ताले २.५८ प्रतिशतले गुमाए ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू