Previous Version
Friday, Sep 17, 2021  |  शुक्रबार, १ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
विश्वकप क्रिकेट लिग–२मा नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित छहरे टोखा सडक अझै खुलेन, यात्रु र सवारी चालक अलपत्र नेपालमा कोभिड–१९ जस्तै लक्षण भएको रोग भेटीयो, सचेत रहन स्वास्थ्य मन्त्रालयको अनुरोध मनकामना केबुलकार आइतबारबाट चल्ने सवारी दुर्घटनामा तीन जनाको मृत्यु देशको कला र संस्कृतिको पहिचान गराउन फेसियल हाउसको प्रयास, पशुपतिमा भगवान श्री कृष्णको यो फोटो सुट बन्यो भाइरल बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने नेपालसहितका नेता निर्वाचन आयोगमा फरक प्रदेशका सवारी साधन नवीकरण रोकिँदा समस्या स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन पक्राउ असन्तुष्ट नेतासहितको बैठकपछि एमालेमा एकताको सन्देश मौसममा सुधार हुन अझै केही दिन लाग्ने ‘खोपमा चरम लापरवाही’ एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध, बैंकिङ कारोवार ठप्प सुर्खेतमा पुनः एकसाता निषेधाज्ञा

हाइटीमा गएको शक्तिशाली भूकम्पमा परी ३०४ व्यक्तिको मृत्यु, एक हजार ८०० घाइते

सोमबार, ३२ श्रावन २०७८, सगरमाथा पोष्ट.
मस्को, रूस, शनिबार गएको ७.२ रेक्टर स्केलको भूकम्पमा परी मृत्यु हुनेको सङ्ख्या ३०४ पुगेको प्रहरीले पुष्टि गरेको छ । शनिबारको शक्तिशाली भूकम्प पछि आइतबार पुनः ५.८ रेक्टर स्केलको नयाँ भूकम्प गएको अमेरिकी भौगर्विक सर्वेक्षण रिपोर्टले जनाएको छ । शक्तिशाली घातक कम्पन आएको एक दिनपछि युरोपेली–भूमध्यसागरीय सिस्मोलोजिकल सेन्टर (इएमएससी) ले आइतबार सो कुरा बताएको हो ।Hundreds Confirmed Dead In Massive Haiti Earthquake ग्रीHaiti earthquake: Rescuers search for survivors as death toll climbs to  1,297 - BBC Newsनवीच समय अनुसार बिहान तीन बजे गएको पछिल्लो भूकम्पको केन्द्रविन्दु दक्षिणी शहर लेस केयेसबाट उत्तरपश्चिमी ४१ किलोमिटर (२५ माइल) ३० किलोमिटर गहिराइमा रहेको बताइएको छ । शनिबारको भूकम्पमा परी ३०४ जनाको मृत्यु भएको, करिब एक हजार ८०० व्यक्ति घाइते भएका हाइटीका अधिकारीले पुष्टि गरेका छन् । भूकम्पका कारण एक हजारभन्दा बढी घरहरू भत्किएका छन् भने कमजोर संरचना भएका केही जेल तथा थुप्रै सामुदायिक विद्यालयलगायतका भवनहरू भत्किएका छन् । हाइटीको सरकारले भूकम्पपछिको अवस्थालाई व्यवस्थित गर्न एक महिना लामो राष्ट्रिय सङ्कटकाल घोषणा गरेको छ । यसपहिले सन् २०१० को जनवरीमा हाइटीमा गएको ७.० रेक्टर स्केलको भूकम्पले पोर्ट–अउ–प्रिन्स र नजिकैका अधिकांश शहरहरूमा ठूलो क्षति भएको थियो । उक्त भूकम्पमा परी कम्तीमा दुई लाखभन्दा बढी मानिसको ज्यान गुमेको थियो । तीन लाखभन्दा बढी घाइते भएका उक्त घटनामा साढे एक लाखभन्दा बढी हाईटीबासी घरबारविहीन भएका थिए ।रासस÷एएनआई

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू