Previous Version
Sunday, Oct 17, 2021  |  आईतवार, ३१ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपाली काँग्रेस शिवपुरी काठमाण्डौं सम्पर्क समितिद्धारा सुभकामना आदनप्रदान कार्यक्रम आयोजना करिब रु ७३ अर्ब बराबरको लगानी स्वीकृत अन्तर्राष्ट्रिय बालिका दिवस : घरबाटै विभेद अन्त्य गर्नुपर्ने नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै नुवाकोटको छहरेमा रा प्र पा को क्षेत्रीय कार्यालय उद्घाटन एक सय छतिस कार्यकर्ता राप्रपामा प्रवेश नेपाल टेलिकम वर्कर्स युनियन बाग्मती प्रदेशद्धारा सुभकामना आदनप्रदान कार्यक्रम आयोजना उपत्यकामा ७४ प्रतिशतले लगाए केरोना विरुद्धको खोप कोभिशिल्ड खोप लगाएकामा ६३.३ प्रतिशत र भेरोसेलमा ७२.४ प्रतिशत एन्टिबडी आइपिओ जारी गर्दै सामलिङ्ग पावर कम्पनी प्रतितोला रु २०० ले बढ्यो सुनको मूल्य संसद्मा अवरोध कायमै भाडा वृद्धि गरिएकामा आपत्ति हरित जलवायु कोषद्वारा छ अर्ब बराबरको परियोजना प्रस्ताव स्वीकृत कम मूल्यको प्रज्ञापनपत्र बनाई सामान नेपाल भित्रिने गरेको खुलासा कोरोनाले बन्दीपुर केबलकार परियोजना दुई वर्षपछि धकेलियो

सामूहिक कार्य र बन्धुत्व भावका साथ जिम्मेवारी निर्वाह गर्नुपर्ने ( प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्री)

शनिबार, ३० श्रावन २०७८, सगरमाथा पोष्ट.
धनुषा,   प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले आफूलाई रोल मोडलको रुपमा प्रस्तुत गर्दै सामूहिक कार्य र बन्धुत्व भावका साथ असल नियत राखि सुम्पिएको जिम्मेवारी निर्वाह गर्नुपर्ने बताउनु भएको छ ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरको शुक्रबार अवलोकन भ्रमणको क्रममा २ नम्बर प्रदेश प्रहरी प्रमुख तथा प्रदेश अन्तर्गत ८ वटै जिल्लाका प्रहरी प्रमुखहरुलाई निर्देशन दिनुहुँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले उक्त कुरा बताउनु भएको हो ।
प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रमाणमुखी अनुसन्धान कार्य, जघन्य प्रकृतिका मुद्दा तथा संवेदनशील वर्गमा हुने अपराधहरुमा थप चनाखो भई कार्य गर्न उपस्थित प्रहरी कर्मचारीहरुलाई निर्देशन दिनुभयो । हिरासत व्यवस्थापनतर्फ विशेष ध्यान दिनुपर्ने बताउँदै सिमा नाकामा हुने अवैध तस्करी नियन्त्रणमा समेत संवेदनशील भई कार्य गर्न उहाँले उल्लेख गर्नुभयो  ।
कोभिड(१९ को रोकथाम तथा नियन्त्रणतर्फ विशेष ध्यान दिई प्रहरी परिचालन गर्न समेत निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले शान्ति सुरक्षा एवं अपराध अनुसन्धान, लागूऔषध नियन्त्रण लगायत कार्यमा प्रदेश र स्थानीय सरकारसँग समन्वय गरी अगाडि बढ्नुपर्ने बताउनुभयो ।
२ नम्बर प्रदेश प्रहरी कार्यालय जनकपुरका प्रमुख प्रहरी नायव महानिरीक्षक उमेश रंजितकारले समग्र प्रदेशको बारेमा प्रस्तुतीकरण गर्नुभएको उक्त कार्यक्रममा जिल्ला प्रहरी कार्यालयका प्रमुखहरुले आ(आफ्नो जिल्लाको बारेमा प्रस्तुतीकरण गर्नुभएको थियो । सोही अवसरमा प्रहरी महानिरीक्षक थापा क्षेत्रीले २ नम्बर प्रदेशका ८ वटै जिल्लाका प्रहरी प्रमुखहरूसँग अन्तर्क्रिया समेत गर्नुभएको थियो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू