Previous Version
Sunday, Oct 17, 2021  |  आईतवार, ३१ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपाली काँग्रेस शिवपुरी काठमाण्डौं सम्पर्क समितिद्धारा सुभकामना आदनप्रदान कार्यक्रम आयोजना करिब रु ७३ अर्ब बराबरको लगानी स्वीकृत अन्तर्राष्ट्रिय बालिका दिवस : घरबाटै विभेद अन्त्य गर्नुपर्ने नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै नुवाकोटको छहरेमा रा प्र पा को क्षेत्रीय कार्यालय उद्घाटन एक सय छतिस कार्यकर्ता राप्रपामा प्रवेश नेपाल टेलिकम वर्कर्स युनियन बाग्मती प्रदेशद्धारा सुभकामना आदनप्रदान कार्यक्रम आयोजना उपत्यकामा ७४ प्रतिशतले लगाए केरोना विरुद्धको खोप कोभिशिल्ड खोप लगाएकामा ६३.३ प्रतिशत र भेरोसेलमा ७२.४ प्रतिशत एन्टिबडी आइपिओ जारी गर्दै सामलिङ्ग पावर कम्पनी प्रतितोला रु २०० ले बढ्यो सुनको मूल्य संसद्मा अवरोध कायमै भाडा वृद्धि गरिएकामा आपत्ति हरित जलवायु कोषद्वारा छ अर्ब बराबरको परियोजना प्रस्ताव स्वीकृत कम मूल्यको प्रज्ञापनपत्र बनाई सामान नेपाल भित्रिने गरेको खुलासा कोरोनाले बन्दीपुर केबलकार परियोजना दुई वर्षपछि धकेलियो

जुवाडे भगाएको घटनाको छानबिन गर्न समिति

सोमबार, २५ श्रावन २०७८, सगरमाथा पोष्ट.
धनगढी । कैलालीमा प्रहरीले रकम असुलेर जुवाडे भगाएको घटनाको छानबिन गर्न समित गठन गरिएको छ ।संघीय प्रहरी इकाइ कार्यालय महेन्द्रनगरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनकराज पाण्डेको संयोजकत्वमा गठित तीन सदस्यीय समितिले उक्त आरोपबारे छानबिन गरिरहेको छ ।
सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालयका प्रवक्ता प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) बिक्रम चन्दले प्रहरीले रकम असुलेर जुवाडे भगाएको घटनाबारे छानबिन गर्न गठित समितिलाई ७ दिनको समय दिइएको जानकारी दिए । उक्त समितिमा प्रहरी उपरीक्षक दिलिप देउवा र प्रहरी निरीक्षक हिम्मत बोहरा सदस्य छन्।

गत सोमबार कैलालीको धनगढी उपमहानगरपालिका–३ मिलनचोकस्थित एएफसी रेष्टुरेन्टमा जुवा खेलिरहेको सूचनाका आधारमा जिल्ला प्रहरी कार्यालय कैलाली र सुदूरपश्चिम अनुसन्धान समूह (आरआइटी) टोली पुगेको थियो ।

करीब १५ लाखको जुवा भइरहेको सूचना पाएको प्रहरीले ८ लाख असुलेर जुवाडेलाई भगाएको आरोप लागेको छ । जिल्ला प्रहरी कार्यालय कैलालीले उक्त आरोपमा सत्यता नरहेको बताउँदै आएको छ ।

जिल्ला प्रहरी कार्यालयका प्रमुख प्रहरी उपरीक्षक विश्व अधिकारी त्यो दिन प्रहरी त्यहाँ सूचना संकलनका लागि मात्र गएको दाबी गर्दै आएका छन् । उनले सादा पोशाकमा तीन जना प्रहरी खटिएको बताउँदै उनीहरुलाई देख्ने बितिकै जुवाडे भागेको जिकिर गर्ने गरेका छन् भने जुवाखालबाट नगद ८५ हजार मात्रै बरामद भएको उनी बताउँछन् । तर प्रहरीले यो घटनामा गुपचुप राखेको थियो ।

प्रहरीको भूमिकाबारे समाचार प्रकाशित भएपछि रेष्टुरेन्टका सञ्चालकसहित केहीलाई जुवा खेलेको आरोपमा पक्राउ गरेर जिल्ला प्रहरी कार्यालयले अनुसन्धान गरिरहेको छ । नवजनप्रहार

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू