Previous Version
Sunday, Oct 17, 2021  |  आईतवार, ३१ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपाली काँग्रेस शिवपुरी काठमाण्डौं सम्पर्क समितिद्धारा सुभकामना आदनप्रदान कार्यक्रम आयोजना करिब रु ७३ अर्ब बराबरको लगानी स्वीकृत अन्तर्राष्ट्रिय बालिका दिवस : घरबाटै विभेद अन्त्य गर्नुपर्ने नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै नुवाकोटको छहरेमा रा प्र पा को क्षेत्रीय कार्यालय उद्घाटन एक सय छतिस कार्यकर्ता राप्रपामा प्रवेश नेपाल टेलिकम वर्कर्स युनियन बाग्मती प्रदेशद्धारा सुभकामना आदनप्रदान कार्यक्रम आयोजना उपत्यकामा ७४ प्रतिशतले लगाए केरोना विरुद्धको खोप कोभिशिल्ड खोप लगाएकामा ६३.३ प्रतिशत र भेरोसेलमा ७२.४ प्रतिशत एन्टिबडी आइपिओ जारी गर्दै सामलिङ्ग पावर कम्पनी प्रतितोला रु २०० ले बढ्यो सुनको मूल्य संसद्मा अवरोध कायमै भाडा वृद्धि गरिएकामा आपत्ति हरित जलवायु कोषद्वारा छ अर्ब बराबरको परियोजना प्रस्ताव स्वीकृत कम मूल्यको प्रज्ञापनपत्र बनाई सामान नेपाल भित्रिने गरेको खुलासा कोरोनाले बन्दीपुर केबलकार परियोजना दुई वर्षपछि धकेलियो

प्रहरी महानिरीक्षकको निर्देशन

शनिबार, २३ श्रावन २०७८, सगरमाथा पोष्ट.
काठमाण्डौं । प्रहरी महानिरीक्षक शैलेश थापा क्षेत्रीले प्रदेश प्रहरी प्रमुखलाई समन्वयात्मकरूपमा काम गर्न निर्देशन दिनुभएको छ । उहाँले सबै प्रदेश प्रहरी कार्यालयलाई एक आपसमा समन्वय गर्दै आवश्यक योजना बनाई कार्यसम्पादन गर्न आग्रह गर्नुभएको छ । सङ्गठनको विकास गर्न तयार गरिएको नेपाल प्रहरीको कार्ययोजना–२०७७ अन्तर्गत गरिएको कार्यसम्पादन सम्झौता अनुरूप प्रहरी कार्यालयका प्रमुखहरूले पूर्ण व्यावसायिकताका साथ आफ्नो जिम्मेवारी वहन गर्नुपर्नेमा उहाँको जोड थियो । प्रहरी प्रधान कार्यालयमार्फत भर्चुलरूपमा आज आयोजित समारोहमा प्रहरी महानिरीक्षक थापाले आर्थिक वर्ष २०७८/०७९ को लागि महानगरीय प्रहरी कार्यालय रानीपोखरी तथा भिडियो कन्फ्रेन्समार्फत् सातै प्रदेशका प्रहरी प्रमुखसँग वार्षिक कार्यसम्पादन सम्झौता पत्रमा हस्ताक्षर गर्दै सो निर्देशन दिनुभएको हो । प्रहरी महानिरीक्षक थापा क्षेत्रीले प्रहरी कर्मचारीले पेशागत, व्यावसायिक, नैतिक आचरण र व्यवहारलाई आधार मानेर कार्यसम्पादनमा जुट्न निर्देशन दिनुभयो । वार्षिक कार्यसम्पादन सम्झौता अनुरूप गत आर्थिक वर्षको तुलनामा यस आर्थिक वर्ष अपराध रोकथाममा उल्लेखनीय प्रगति हासिल भएको चर्चा गर्नुभयो । गत आर्थिक वर्षको अपराध तथ्याङ्क विश्लेषण गरी सोही अनुरूप आफ्नो कार्य सम्पादन गर्न निर्देशन दिँदै प्रहरी महानिरीक्षक थापा क्षेत्रीले जघन्य अपराधप्रति संवेदनशील हुनुपर्नेमा जोड दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू