Previous Version
Friday, Sep 17, 2021  |  शुक्रबार, १ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
विश्वकप क्रिकेट लिग–२मा नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित छहरे टोखा सडक अझै खुलेन, यात्रु र सवारी चालक अलपत्र नेपालमा कोभिड–१९ जस्तै लक्षण भएको रोग भेटीयो, सचेत रहन स्वास्थ्य मन्त्रालयको अनुरोध मनकामना केबुलकार आइतबारबाट चल्ने सवारी दुर्घटनामा तीन जनाको मृत्यु देशको कला र संस्कृतिको पहिचान गराउन फेसियल हाउसको प्रयास, पशुपतिमा भगवान श्री कृष्णको यो फोटो सुट बन्यो भाइरल बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने नेपालसहितका नेता निर्वाचन आयोगमा फरक प्रदेशका सवारी साधन नवीकरण रोकिँदा समस्या स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन पक्राउ असन्तुष्ट नेतासहितको बैठकपछि एमालेमा एकताको सन्देश मौसममा सुधार हुन अझै केही दिन लाग्ने ‘खोपमा चरम लापरवाही’ एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध, बैंकिङ कारोवार ठप्प सुर्खेतमा पुनः एकसाता निषेधाज्ञा

भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर

बिहीवार, २१ श्रावन २०७८, सगरमाथा पोष्ट.
चितवन, बुद्ध एयरले यही साउन ३१ देखि भरतपुर–भैरहवा उडान शुरुआत गर्ने भएको छ । कम्पनीका भरतपुर शाखा प्रबन्धक भक्तबहादुर बस्नेतले हप्तामा आइतबार, बुधबार र शुक्रबार दिउँसो १२ः५५ बजे तीन उडान गर्न लागेको जानकारी दिनुभयो । उहाँले भन्नुभयो, “पर्यटकीय नगरीसँग हवाई उडान जोड्नका लागि उडान शुरु गर्न लागिएको हो ।” नारायणगढ–बुटवल सडक विस्तारका कारण यात्रुले सास्ती व्यहोर्दे आएका छन् । भैरहवा उडानका लागि एकतर्फी भाडा रु दुई हजार ८३५ देखि रु चार हजार ३३५ सम्म तय गरिएको छ । बुद्ध एयरले भरतपुर–काठमाडौँ नौ उडान गरिरहेको छ । यस्तै भरतपुर–पोखरा दैनिक एक उडान छ । कोरोना कहरका कारण गरिएको निषेधाज्ञा खुकुलो भएसँगै एयरलाइन्सले उडान शुरु गरेको हो । शुरुआतमा भैरहवा १८ सिट जहाजबाट उडान शुरु गर्न लागिएको प्रबन्धक बस्नेतले बताउनुभयो । सन् २००५ बाट चितवनमा उडान शुरुआत गरेको कम्पनीले निषेधाज्ञा अघिसम्म भरतपुर–काठमाडौँ दैनिक १२ उडान भर्दै आएको थियो । चितवन तेस्रो पर्यटकीय गन्तव्य हो । पोखरा र भैरहवा देशकै प्रमुख पर्यटकीय गन्तव्यमा पर्दछन् । उडानको सञ्जाल जोडिएसँगै पर्यटक बढ्ने अपेक्षा गरिएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू