Previous Version
Friday, Sep 17, 2021  |  शुक्रबार, १ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
विश्वकप क्रिकेट लिग–२मा नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित छहरे टोखा सडक अझै खुलेन, यात्रु र सवारी चालक अलपत्र नेपालमा कोभिड–१९ जस्तै लक्षण भएको रोग भेटीयो, सचेत रहन स्वास्थ्य मन्त्रालयको अनुरोध मनकामना केबुलकार आइतबारबाट चल्ने सवारी दुर्घटनामा तीन जनाको मृत्यु देशको कला र संस्कृतिको पहिचान गराउन फेसियल हाउसको प्रयास, पशुपतिमा भगवान श्री कृष्णको यो फोटो सुट बन्यो भाइरल बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने नेपालसहितका नेता निर्वाचन आयोगमा फरक प्रदेशका सवारी साधन नवीकरण रोकिँदा समस्या स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन पक्राउ असन्तुष्ट नेतासहितको बैठकपछि एमालेमा एकताको सन्देश मौसममा सुधार हुन अझै केही दिन लाग्ने ‘खोपमा चरम लापरवाही’ एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध, बैंकिङ कारोवार ठप्प सुर्खेतमा पुनः एकसाता निषेधाज्ञा

दक्षिण सुडानमा नेपाली शान्ति सैनिकको अदलीबदली शुरु

बुद्धबार, २० श्रावन २०७८, सगरमाथा पोष्ट.
काठमाण्डौं । संयुक्त राष्ट्रसङ्घको आह्वानमा शान्ति स्थापनार्थ दक्षिण सुडानमा तैनाथ कालीध्वज गण १० औँ डफ्फालाई बदली गर्न प्रमुख सेनानी शिखर जबराको नेतृत्वको टोली त्यसतर्फ प्रस्थान गरेको छ । श्रीजंग गण ११ औँ डफ्फाको २३३ नेपाली शान्ति सैनिकमार्फत मिशन इलाकातर्फ प्रस्थान गरेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । दक्षिण सुडानमा आफ्नो कार्यकाल समाप्त गरी नेपाली शान्ति सैनिकको पहिलो, दोस्रो र अन्तिम टोली क्रमशः २०, भदौ ९ र ३० गते स्वदेश आइपुग्ने कार्यक्रम छ । कोभिड–१९ महामारीका बाबजुद शान्ति स्थापना कार्यलाई निरन्तरता दिने नीतिअनुरूप गरिएको अदलीबदलीको दौरानमा सम्पूर्ण सुरक्षा सतर्कता तथा कोभिड–१९ को स्वास्थ्य मापदण्ड पूरा गरिएको सेनाले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू