Previous Version
Friday, Sep 17, 2021  |  शुक्रबार, १ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
विश्वकप क्रिकेट लिग–२मा नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित छहरे टोखा सडक अझै खुलेन, यात्रु र सवारी चालक अलपत्र नेपालमा कोभिड–१९ जस्तै लक्षण भएको रोग भेटीयो, सचेत रहन स्वास्थ्य मन्त्रालयको अनुरोध मनकामना केबुलकार आइतबारबाट चल्ने सवारी दुर्घटनामा तीन जनाको मृत्यु देशको कला र संस्कृतिको पहिचान गराउन फेसियल हाउसको प्रयास, पशुपतिमा भगवान श्री कृष्णको यो फोटो सुट बन्यो भाइरल बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने नेपालसहितका नेता निर्वाचन आयोगमा फरक प्रदेशका सवारी साधन नवीकरण रोकिँदा समस्या स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन पक्राउ असन्तुष्ट नेतासहितको बैठकपछि एमालेमा एकताको सन्देश मौसममा सुधार हुन अझै केही दिन लाग्ने ‘खोपमा चरम लापरवाही’ एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध, बैंकिङ कारोवार ठप्प सुर्खेतमा पुनः एकसाता निषेधाज्ञा

मध्य भोटेकोशीको साधारण शेयर बिक्री म्याद थप

सोमबार, १८ श्रावन २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ, मध्यभोटेकोशी जलविद्युत् आयोजनाको साधारण शेयरमा आवेदन गर्ने म्याद थप गरिएको छ । स्थानीयवासीको आग्रह बमोजिम आवेदन गर्ने समय बढाइएको हो । मध्यभोटेकोशी जलविद्युत् कम्पनी लिमिटेडका अनुसार अब आयोजना प्रभावितले यही साउन ३१ गतेसम्म साधारण शेयरमा आवेदन दिन सक्नेछन् । यसअघि यही साउन १७ गतेसम्म साधारण शेयरमा आवेदन गर्ने समय सीमा रहेको थियो । कम्पनीले प्रति शेयर अङ्कित मूल्यका ६० लाख कित्ता साधारण शेयर स्थानीयवासीका लागि बिक्री गरिरहेको छ । त्यसमा १८ लाख कित्ता आयोजना प्रभावित क्षेत्र र ४२ लाख कित्ता सिन्धुपाल्चोक जिल्लाबासीका लागि बिक्री हुनेछ । साधारण शेयरमा न्यूनतम ५० कित्ता र अधिकतम ४०० कित्तासम्म शेयर आवेदन दिने व्यवस्था गरिएको छ । आयोजना प्रभावित भोटेकोशी गाँउपालिका १ र ५, बाह्रबिसे नगरपालिका ५, ६ ७ र ८ मा बसोबास गर्ने बासिन्दा र आयोजना प्रभावित क्षेत्रबाहेक सिन्धुपाल्चोक जिल्लाका अन्य क्षेत्रमा बसोबास गर्नेले साधारण शेयरमा आवेदन दिन पाउने व्यवस्था छ । आयोजना कूल १०२ मेगावाट क्षमताको हो । चिलिमे जलविद्युत् कम्पनीको सहायक कम्पनीको रूपमा रहेको मध्यभोटेकोशी जलविद्युत् कम्पनीले सो आयोजना निर्माण गरिरहेको छ । कम्पनीको शेयर बिक्री प्रबन्धकमा ग्लोबल आइएमइ क्यापिटल लिमिटेड रहेको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू