Previous Version
Friday, Sep 17, 2021  |  शुक्रबार, १ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
विश्वकप क्रिकेट लिग–२मा नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित छहरे टोखा सडक अझै खुलेन, यात्रु र सवारी चालक अलपत्र नेपालमा कोभिड–१९ जस्तै लक्षण भएको रोग भेटीयो, सचेत रहन स्वास्थ्य मन्त्रालयको अनुरोध मनकामना केबुलकार आइतबारबाट चल्ने सवारी दुर्घटनामा तीन जनाको मृत्यु देशको कला र संस्कृतिको पहिचान गराउन फेसियल हाउसको प्रयास, पशुपतिमा भगवान श्री कृष्णको यो फोटो सुट बन्यो भाइरल बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने नेपालसहितका नेता निर्वाचन आयोगमा फरक प्रदेशका सवारी साधन नवीकरण रोकिँदा समस्या स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन पक्राउ असन्तुष्ट नेतासहितको बैठकपछि एमालेमा एकताको सन्देश मौसममा सुधार हुन अझै केही दिन लाग्ने ‘खोपमा चरम लापरवाही’ एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध, बैंकिङ कारोवार ठप्प सुर्खेतमा पुनः एकसाता निषेधाज्ञा

प्रभावकारी बैंकिङ सेवा प्रदान गर्न सभामुखको आग्रह

सोमबार, १८ श्रावन २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ, सभामुख अग्निप्रसाद सापकोटाले सिंहदरबारमा रहेका सबै कार्यालयको सरकारी खाता राष्ट्रिय वाणिज्य बैंकमा सञ्चालन गर्ने सन्दर्भमा बैंकका प्रमुख कार्यकारी अधिकृतलगायत अधिकारीसँग छलफल गर्नुभएको छ । सभामुखको कार्यकक्षमा आयोजित छलफलमा खाता सञ्चालनलाई व्यवस्थित गरी सेवा प्रवाह गुणस्तरीय बनाउन बैंकका प्रमुख कार्यकारी अधिकृतलाई आग्रह गर्नुभयो । सभामुखले लामो समयदेखिको प्रयास स्वरूप सरकारी स्वामित्वको बैंकमार्फत व्यवस्थित गर्न पाउनु अवसर रहेको र यो अवसरमा बैंकले आफ्नो सेवा प्रवाहलाई चुस्त दुरुस्त बनाई गुणस्तरीय बनाउन जनशक्ति र प्रविधिको व्यवस्थापन गरी विश्वास जित्नुपर्ने बताउनुभयो । छलफलमा बैंकका प्रमुख कार्यकारी अधिकृत किरणकुमार श्रेष्ठले देशभर सात वटै प्रदेश ७७ जिल्लामा २७४ शाखा सञ्चालन भइरहेको, रु दुई खर्ब ५० अर्बभन्दा बढी निक्षेप र रु एक खर्ब ८० अर्बभन्दा बढी लगानी रहेको अग्रणी बैंक भएको जानकारी दिनुभयो । उहाँले बैंकिङ सेवाका सबै सेवा बैंकले प्रदान गरी रहेको र सरकारको निर्णयलाई अवसरका रूपमा लिई बैंकले कार्ययोजना बनाई आवश्यक जनशक्ति र प्रविधिको व्यवस्थापन गरी अन्य बैंकभन्दा राम्रो सेवा दिने प्रतिबद्धता व्यक्त गर्नुभयो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू