Previous Version
Friday, Sep 17, 2021  |  शुक्रबार, १ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
विश्वकप क्रिकेट लिग–२मा नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित छहरे टोखा सडक अझै खुलेन, यात्रु र सवारी चालक अलपत्र नेपालमा कोभिड–१९ जस्तै लक्षण भएको रोग भेटीयो, सचेत रहन स्वास्थ्य मन्त्रालयको अनुरोध मनकामना केबुलकार आइतबारबाट चल्ने सवारी दुर्घटनामा तीन जनाको मृत्यु देशको कला र संस्कृतिको पहिचान गराउन फेसियल हाउसको प्रयास, पशुपतिमा भगवान श्री कृष्णको यो फोटो सुट बन्यो भाइरल बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने नेपालसहितका नेता निर्वाचन आयोगमा फरक प्रदेशका सवारी साधन नवीकरण रोकिँदा समस्या स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन पक्राउ असन्तुष्ट नेतासहितको बैठकपछि एमालेमा एकताको सन्देश मौसममा सुधार हुन अझै केही दिन लाग्ने ‘खोपमा चरम लापरवाही’ एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध, बैंकिङ कारोवार ठप्प सुर्खेतमा पुनः एकसाता निषेधाज्ञा

सेवानिवृत्त कर्मचारी सम्मानित

शुक्रबार, १५ श्रावन २०७८, सगरमाथा पोष्ट.
सिन्धुली, यहाँ सेवानिवृत्त भएका राष्ट्रसेवक कर्मचारीलाई सम्मानित गरिएको छ । आज बिहान नेपाल निजामती कर्मचारी सङ्गठन जिल्ला कार्यसमितिले सेवानिवृत्त भएका १९ व्यक्तिलाई सम्मान गरेको हो । शहीद मनोज–झपेन्द्र स्मृति दिवस २०७८ का अवसरमा जिल्लामा रहेका सेवानिवृत्त राष्ट्र सेवक कर्मचारीलाई सङ्गठनले सम्मान गरेको बताइएको छ । सेवानिवृत्त हुनुभएका राष्ट्रसेवक कर्मचारीलाई प्रमुख जिल्ला अधिकारी सुरेश न्यौपानेले दोसल्ला ओढाएर सम्मान गर्नुभएको थियो । न्यौपानेले नियम कानूनका आधारमा सेवा लिन आउने जनतालाई केन्द्र विन्दुमा राखेर कर्मचारीले मुस्कानसहितको सेवा प्रवाह गर्नुपर्ने बताउनुभयो । उहाँले भन्नुभयो, “राज्यले निर्धारण गरेको कर तिर्न तयार रहने जनता र तिनै जनताको करबाट सेवासुविधा लिने कर्मचारीले नागरिकलाई सन्तुष्ट पार्दै सेवा प्रवाह गर्न सक्नु पर्दछ ।” सो अवसरमा नेपाल निजामती कर्मचारी सङ्गठनले अक्षयकोषको स्थापना गरेको छ । रु एक लाख एक हजारको कोष स्थापना गरिएको सङ्गठनका जिल्ला अध्यक्ष पुरुषोत्तम दाहालले जानकारी दिनुभयो । कुनै पनि कर्मचारीको दुर्घटना वा मृत्यु भएमा रु २५ हजार, दुर्घटनामा घाइते भएमा उपचार खर्च रु १५ हजार, रु १० हजार थप उपचार खर्च र गम्भीर प्रकृतिको रोग लागेमा रु १० हजार सहयोग गरिने उहाँको भनाइ छ । सङ्गठनमा आबद्ध सदस्यले वार्षिक रु ५० तिर्नुपर्ने उहाँले बताउनुभयो । यस कोषले जिल्ला विपद् व्यवस्थापन समितिसँग समन्वय गरी विपद्मा परेका विपन्न नागरिकलाई पनि सहयोग गर्ने उहाँले जानकारी दिनुभयो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू