Previous Version
Friday, Sep 17, 2021  |  शुक्रबार, १ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
विश्वकप क्रिकेट लिग–२मा नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित छहरे टोखा सडक अझै खुलेन, यात्रु र सवारी चालक अलपत्र नेपालमा कोभिड–१९ जस्तै लक्षण भएको रोग भेटीयो, सचेत रहन स्वास्थ्य मन्त्रालयको अनुरोध मनकामना केबुलकार आइतबारबाट चल्ने सवारी दुर्घटनामा तीन जनाको मृत्यु देशको कला र संस्कृतिको पहिचान गराउन फेसियल हाउसको प्रयास, पशुपतिमा भगवान श्री कृष्णको यो फोटो सुट बन्यो भाइरल बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने नेपालसहितका नेता निर्वाचन आयोगमा फरक प्रदेशका सवारी साधन नवीकरण रोकिँदा समस्या स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन पक्राउ असन्तुष्ट नेतासहितको बैठकपछि एमालेमा एकताको सन्देश मौसममा सुधार हुन अझै केही दिन लाग्ने ‘खोपमा चरम लापरवाही’ एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध, बैंकिङ कारोवार ठप्प सुर्खेतमा पुनः एकसाता निषेधाज्ञा

स्वतन्त्रता र स्वाधीनता (आलेख) - वत्सराज कोइराला

बिहीवार, १४ श्रावन २०७८, सगरमाथा पोष्ट.
वत्सराज कोइराला
हामी भन्छौं, हाम्रो देश स्वतन्त्र छ। मानिसहरु स्वतन्त्र छन्। तर के हामी स्वाधीन पनि छौं ? सामान्यतया हामी ‘स्वतन्त्रता’ र ‘स्वाधीनता’ दुबैलाई एउटै ठान्छौं। स्वतन्त्रता र स्वाधीनतालाई उस्तै देख्छौं। हामीलाई लाग्छ, हामी स्वतन्त्र छौं, त्यसैले स्वाधीन छौं। हामीकहाँ लोकतन्त्र छ भनेर स्वतन्त्रता पाएको अनुभव गर्न खोज्छौं। तर शताब्दियौं देखिको सामन्ती संस्कारमा बाँचेको हाम्रो समाजमा अझसम्म लोकतान्त्रिकरण निम्ति अपेक्षित प्रयासहरु भएका छन् वा छैनन् त्यसप्रति चासो हामीलाई छैन। लोकतन्त्र, स्वतन्त्रता, समानता, स्वाधीनता, मानव अधिकारको निम्ति अझसम्म हामीमा निष्ठा जाग्न सकेको छैन। राज्य र नागरिक बीचको अन्तर्सम्बन्धलाई पहिचान गर्दै उपयुक्त प्रणालीको विकास गर्न हामी असफल भएका छौं। हामीले लोकतन्त्रलाई केबल सरकार चुन्ने अधिकारको रुपमा मात्र चिन्यौं। स्वाधीनतालाई परिपक्व बनाउने, अधिकारको दायरालाई फराकिलो बनाउने तथा स्वतन्त्रताको सार्थक उपयोग गर्न दिएको अवसरबाट हामी अनभिज्ञ नै बन्यौं। हामी स्वयं आफ्नो स्वाधीनताप्रति उदासीन रहेका छौं, त्यसैले सरकार र अन्य संस्थाहरुलाई हाम्रो स्वतन्त्रता कुल्चँदै हाम्रो स्वाधीनता तथा अधिकारलाई नै अवरुद्ध गर्न सजिलो भएको छ। शासन र प्रशासनले हामीलाई आहत गरिरहँदा पनि हामी त्यसलाई लोकतन्त्रको स्वाभाविक दुर्बलता मानेर प्रायः मौन हुने गर्दछौं। ‘स्वतन्त्रता’ अर्थात् Freedom ले कुनै पनि किसिमको दासत्वबाट मुक्ति भन्ने भावार्थ राख्दछ। बन्धनबाट जो मुक्त छ त्यो नै स्वतन्त्र हो। मानिसको सोच र कर्ममा कुनै प्रकारको बाहिरी प्रतिबन्ध नहुनु नै स्वतन्त्रता हो। स्वतन्त्रताले मनुष्यलाई उसको मनुष्यताको अनुभूति गराउँछ। मानिस विवेकशील प्राणी भएकोले आफ्नो बारेमा निर्णय गर्न ऊ स्वयं सक्षम हुन्छ। अधिकांश चेतनशील विद्वानहरुले स्वाधीनतामा नै जोड दिएका छन्। कल्याणकारी राज्यको विचार पनि यसैमा अडेको छ। स्वाधीन मानिसले मात्र आफ्नो र समाजको विकासमा टेवा पुर्‍याउन सक्दछ। स्वतन्त्रता र स्वाधीनता एकअर्काका परिपूरक हुन्। स्वतन्त्रता त्यतिखेर मात्र पूर्ण मानिन्छ जब हरेक नागरिकले विना कुनै भेदभाव स्वाधीनताको उपयोग गर्न पाउँछन्। राष्ट्र स्वतन्त्र भएर मात्र केही अर्थ हुँदैन, जनताहरु पनि स्वतन्त्र हुनु पर्दछ। जबसम्म राज्य आफ्ना नागरिकसँग उदार हुन सक्दैन, तबसम्म स्वाधीनताको कुनै अर्थ रहँदैन। कुनै भेदभाव बेगर नागरिकलाई स्वतन्त्रता र स्वाधीनताको अधिकार उपलब्ध गराउनुले राज्यको उदारतालाई दर्शाउँछ। कल्याणकारी राज्यको अवधारणाको केन्द्रविन्दु नागरिक हुन्। परिपक्व लोकतन्त्रको परिसूचक नै स्वाधीनता र स्वतन्त्रता हो। तर स्वतन्त्रताको अर्थ स्वेच्छाचारिता होइन। जो नैतिक छ, जो आत्मानुशासित छ, जो समाज र राज्यको विधान प्रति निष्ठावान छ, जसले अरुको मूलभूत अधिकारको सम्मान गर्दछ त्यही व्यक्तिले स्वाधीनताको लाभ उठाउन सक्दछ। स्वाधीनता मानिसको जन्मसिद्ध अधिकार हो। रूसोले भनेका छन्- "मानिस स्वतन्त्र जन्मन्छ, तर समाजले उसलाई जञ्जीर लगाइदिन्छ।" पराधीनता मानव समाजको लागि कलंक हो। स्वाधीनता प्राकृतिक जीवनको निकटमा हुन्छ। यसले सबै मानिसहरुलाई परस्पर नगिचै ल्याएर मनुष्यतामा विश्वास गर्न सिकाउँछ। सबै मनुष्य श्रेष्ठ छन् भन्ने ज्ञान सबैलाई दिन्छ। स्वाधीन समाजमा सबैले सच्चा नागरिक धर्मको निर्वाह गर्दछन्। स्वयंलाई अनुशासित राख्दछन्। सरकारले पनि न्यायपूर्ण र समतामूलक भावनाको पालन गर्दै नागरिकको स्वाधीनताको स्तरलाई उच्च बनाउने प्रयत्न गर्नुपर्छ। मानिस सामाजिक प्राणी हो। ऊ समाजमा आत्मनिर्भर भएर बाँच्न चाहन्छ। स्वाधीनताको आनन्द प्राप्त गर्नको लागि नागरिकहरुले स्वयं पहल गर्नु जरुरी छ। यसको लागि राज्यले उदारतापूर्वक सहयोग गर्नु जरुरी हुन्छ। स्वतन्त्रता जनचेतनाको विस्तार हो। स्वधीनता नागरिकको विवेकसम्मत अधिकार हो। कानून जनताको भलाइ निम्ति बनाइएको हो। त्यसैले यसको उद्देश्य सबैको भलो होस् भन्ने हुनुपर्छ। जनताको निष्ठा लोकतन्त्रमा रहोस् भन्ने राज्यको प्रमुख मकसद हुनु पर्दछ। चुनावको आँकडाको आधार लिएर बहुमतको नाउँमा मनोमानी गर्न पाइँदैन। जनताका आधारभूत आवश्यकताको परिपूर्ति निम्ति सरकार अहोरात्र खट्नु पर्दछ। स्वास्थ्य सेवामा सुधार, खाद्यान्नमा आत्मनिर्भरता, न्यायमा पहुँच, मानव अधिकारको संरक्षण आदि सरकारका प्राथमिकता बन्नु पर्दछ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू