Previous Version
Friday, Sep 17, 2021  |  शुक्रबार, १ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
विश्वकप क्रिकेट लिग–२मा नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित छहरे टोखा सडक अझै खुलेन, यात्रु र सवारी चालक अलपत्र नेपालमा कोभिड–१९ जस्तै लक्षण भएको रोग भेटीयो, सचेत रहन स्वास्थ्य मन्त्रालयको अनुरोध मनकामना केबुलकार आइतबारबाट चल्ने सवारी दुर्घटनामा तीन जनाको मृत्यु देशको कला र संस्कृतिको पहिचान गराउन फेसियल हाउसको प्रयास, पशुपतिमा भगवान श्री कृष्णको यो फोटो सुट बन्यो भाइरल बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने नेपालसहितका नेता निर्वाचन आयोगमा फरक प्रदेशका सवारी साधन नवीकरण रोकिँदा समस्या स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन पक्राउ असन्तुष्ट नेतासहितको बैठकपछि एमालेमा एकताको सन्देश मौसममा सुधार हुन अझै केही दिन लाग्ने ‘खोपमा चरम लापरवाही’ एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध, बैंकिङ कारोवार ठप्प सुर्खेतमा पुनः एकसाता निषेधाज्ञा

थप तीन हजार ८४० मा सङ्क्रमण पुष्टि

बुद्धबार, १३ श्रावन २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ, देशभर पछिल्लो २४ घण्टामा थप तीन हजार ८४० जनामा कोभिड–१९ को सङ्क्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयका अनुसार पछिल्लो समय १० हजार ८८६ पिसिआर परीक्षणमा दुई हाजार ६३४ र चार हजार ९२२ एन्टिजेन परीक्षणमा एक हजार २०६ जना गरी जम्मा तीन हजार ८४० जनामा सङ्क्रमण पुष्टि भएको हो । योसँगै नेपालमा पिसिआर विधिबाट गरिएको परीक्षणमा कोरोना भाइरस सङ्क्रमितको सङ्ख्या छ लाख ८८ हजार ३०७ पुगेको छ । एन्टिजेन परीक्षणमा सङ्क्रमित हुनेको सङ्ख्या ५८ हजार ३५० रहेको छ । पछिल्लो समय थप एक हजार ९९३ जना निको भएका छन् । योसँगै निको हुनेको सङ्ख्या छ लाख ४९ हजार ७२ पुगेको छ । निको हुने दर ९४ दशमलव ३ रहेको पनि मन्त्रालयले जनाएको छ । हाल नेपालमा २६ हजार ६५२ जना होम आइसोलेशन तथा दुई हजार ७९२ जना संस्थागत आइसोलेशन छन् । त्यसैगरी ६११ जना आइसीयु र १६८ जना भेन्टिलेटरमा उपचाररत छन् । देशभर सक्रिय सङ्क्रमितको सङ्ख्या २९ हजार ४४४ जना रहेको छ । थप ३३ को मृत्यु हालसम्म कोरोनाबाट मृत्यु हुनेको सङ्ख्या नौ हजार ७९१ पुगेको छ भने पछिल्लो २४ घण्टामा थप ३३ जनाले ज्यान गुमाएको मन्त्रालयले जनाएको छ भने मृत्यु दर १.५ प्रतिशत रहेको छ । काठमाडौँ उपत्यकामा ८०० बढी सङ्क्रमित पछिल्लो समय काठमाडौँमा सबैभन्दा धेरै ५५९, ललितपुरमा २०६, भक्तपुरमा ९४, कास्कीमा ३१६, झापामा १९४, मोरङमा १८९, चितवनमा १८५ र सुनसरीमा १७६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । नेपालमा हालसम्ममा १५ लाख तीन हजार ३१२ ले पूर्ण खोप लगाएका छन् भने ३५ लाख ४४ हजार ४३ ले पहिलो मात्रा लागाएका छन् ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू