Previous Version
Friday, Sep 17, 2021  |  शुक्रबार, १ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
विश्वकप क्रिकेट लिग–२मा नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित छहरे टोखा सडक अझै खुलेन, यात्रु र सवारी चालक अलपत्र नेपालमा कोभिड–१९ जस्तै लक्षण भएको रोग भेटीयो, सचेत रहन स्वास्थ्य मन्त्रालयको अनुरोध मनकामना केबुलकार आइतबारबाट चल्ने सवारी दुर्घटनामा तीन जनाको मृत्यु देशको कला र संस्कृतिको पहिचान गराउन फेसियल हाउसको प्रयास, पशुपतिमा भगवान श्री कृष्णको यो फोटो सुट बन्यो भाइरल बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने नेपालसहितका नेता निर्वाचन आयोगमा फरक प्रदेशका सवारी साधन नवीकरण रोकिँदा समस्या स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन पक्राउ असन्तुष्ट नेतासहितको बैठकपछि एमालेमा एकताको सन्देश मौसममा सुधार हुन अझै केही दिन लाग्ने ‘खोपमा चरम लापरवाही’ एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध, बैंकिङ कारोवार ठप्प सुर्खेतमा पुनः एकसाता निषेधाज्ञा

गुल्मीमा जीप दुर्घटना, तीनको मृत्यु, सात घाइते

बुद्धबार, १३ श्रावन २०७८, सगरमाथा पोष्ट.
गुल्मी, गुल्मीमा आज भएको जीप दुर्घटनामा तीन जनाको मृत्यु भएको छ । बिहान चन्द्रकोट गाउँपालिका अन्तर्गत शान्तिपुरबाट सदरमुकाम तम्घास आउँदै गरेको लु १ ज ४५५९ नम्बरको जीप मुसिकोट नगरपालिका– ४ अन्तर्गत दोभान नजिकै दुर्घटनामा परेको जिल्ला प्रहरी कार्यालय गुल्मीले जनाएको छ ।

दुर्घटनामा परी चालकसहित सातजना घाइते भएका र उनीहरुलाई उपचारका लागि एम्बुलेन्समार्फत गुल्मी अस्पताल तम्घास ल्याइँदैछ । दुर्घटनामा परी ज्यान गुमाउनेको अझै सनाखत भइनसकेको जिल्ला प्रहरी कार्यालय गुल्मीका प्रहरी उपरीक्षक गोपालचन्द्र भट्टराईले बताउनुभयो ।

दुर्घटना भएको जानकारी पाएलगत्तै वामी, मजुवा र सदरमुकाम तम्घासबाट प्रहरी, सशस्त्र प्रहरी र  नेपाली सेनाको टोली घटनास्थल पुगेको थियो । दुर्घटनाको कारण भने खुल्न सकेको छैन । दुर्घटना भएको उक्त जीप सडकबाट तीन सय मिटर तल खसेको बताइएको छ ।

 दुर्घटनाको बारेमा थप विवरण आउन बाँकी रहेको प्रहरीले जनाएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू