Previous Version
Friday, Sep 17, 2021  |  शुक्रबार, १ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
विश्वकप क्रिकेट लिग–२मा नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित छहरे टोखा सडक अझै खुलेन, यात्रु र सवारी चालक अलपत्र नेपालमा कोभिड–१९ जस्तै लक्षण भएको रोग भेटीयो, सचेत रहन स्वास्थ्य मन्त्रालयको अनुरोध मनकामना केबुलकार आइतबारबाट चल्ने सवारी दुर्घटनामा तीन जनाको मृत्यु देशको कला र संस्कृतिको पहिचान गराउन फेसियल हाउसको प्रयास, पशुपतिमा भगवान श्री कृष्णको यो फोटो सुट बन्यो भाइरल बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने नेपालसहितका नेता निर्वाचन आयोगमा फरक प्रदेशका सवारी साधन नवीकरण रोकिँदा समस्या स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन पक्राउ असन्तुष्ट नेतासहितको बैठकपछि एमालेमा एकताको सन्देश मौसममा सुधार हुन अझै केही दिन लाग्ने ‘खोपमा चरम लापरवाही’ एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध, बैंकिङ कारोवार ठप्प सुर्खेतमा पुनः एकसाता निषेधाज्ञा

कठै मेरो देश ! (आलेख) वत्सराज कोइराला

सोमबार, ११ श्रावन २०७८, सगरमाथा पोष्ट.
वत्सराज कोइराला  नवलपरासी, हाल: हेटौंडा
कठै मेरो देश ! (आलेख)
कहिलेकाहीं यस्तो प्रश्न मानसपटलमा उब्जन्छ, के साँच्चै मेरो देशले स्वतन्त्रताको छायाँमा ताजा सास फेरिरहेको छ ? के यो मुलुकका नागरिकलाई समानताको अधिकार प्राप्त छ ? तर अहँ, मेरो देश अझै स्वतन्त्र छैन। यहाँ खान नपाएर विदेशमा मजदूरी गर्न बाध्यता धेरैलाई परेको छ। अन्धविश्वास र गरीबीमा नागरिक पिल्सिरहेका छन्। जहीतहीं असमानता व्याप्त छ। अनेकौं जाति र धर्ममा बाँडिएका छन् मानिसहरु। धनी र गरिबीबीचको खाडल गहिरिंदै छ। रोजगारीको अभावमा मानिस भोकभोकै मर्नु परेको छ। निर्दोष मारिए पनि क्षतिपूर्ति छैन। सरकार केबल कुर्सीको खेल र सत्ता-भत्ताको मातमा लठ्ठिन्छ। सामाजिक संस्थाहरु डलर पचाउन मात्र व्यस्त छन्। गरीबको मेहनतबाट धनीहरु मोटाएका छन्। जाति, धर्म, विचारधाराको नाउँम भेदभाव गरिन्छ। जनताको लागि भनिने गर्छ तापनि सबैलाई समानताको अधिकार छैन। पैसावाल अपराधबाट बच्छ निर्दोष जेलमा पुग्छ। पुलिसले अपराधी समाउनु पर्दैन बरु नेताको सुरक्षामा तैनाथ भए पुग्छ। राजनीतिको अपराधीकरण भएको छ देशमा। यथार्थमा बोल्ने स्वतन्त्रता पनि छैन। पत्रकार र लेखकहरु सरकार, नेता, व्यापारी र माफियासँग थर्कमान हुनुपर्ने अवस्था छ। विपक्षको आवाज सुन्दै सुनिन्न। सरकारबाट चलाइएका योजनाहरुको लाभ सदैव अधिकारी, कर्मचारी र ठेकेदारले उठाउँछ। गरीबले नागरिकता समेत पाउँदैन। आरक्षणको कोटा हुनेखानेले उछिट्याउछन्। सम्पत्तिको अधिकार सबैलाई समान छैन। कोही धेरै धनी र कोही धेरै गरीब छन्। शोषण, कालोबजारी, आपराधिक कृत्यहरु, लुट आदिले मानिसहरु धनवान बन्दै छन्। ''जसको लाठी उसको भैंसी'' भन्ने उखान घूसखोर, बेईमान, अपराधी, उद्योगपति, व्यापारी र नेताहरुमा लागू भइरहेको छ। देशका नेता-सांसद यो स्वतन्त्र देशका राजा बनेका छन्। भोट माग्न जनताको दैलोदैलोमा पुगे पनि जन प्रतिनिधिहरु जनतासँग टाढै छन्। जनताको भलाईको लागि लागू गरिएका योजनाका रकम उनैले हडप्छन्। उनैले उद्योग चलाउँछन्, स्कूल र कलेज चलाउँछन्। माफिया र ठेकेदारसँग मिल्छन्। गणतन्त्र, लोकतन्त्र भए पनि अधिकार र सुविधाहरुबाट बञ्चित धेरै जनताहरु रोईरोई बाँच्न बिबश छन्। जनतालाई केबल मताधिकारमा समानता छ, तर उसको चुल्हो बलेको छ, छैन सरकारलाई कुनै मतलब छैन।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू