Previous Version
Friday, Sep 17, 2021  |  शुक्रबार, १ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
विश्वकप क्रिकेट लिग–२मा नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित छहरे टोखा सडक अझै खुलेन, यात्रु र सवारी चालक अलपत्र नेपालमा कोभिड–१९ जस्तै लक्षण भएको रोग भेटीयो, सचेत रहन स्वास्थ्य मन्त्रालयको अनुरोध मनकामना केबुलकार आइतबारबाट चल्ने सवारी दुर्घटनामा तीन जनाको मृत्यु देशको कला र संस्कृतिको पहिचान गराउन फेसियल हाउसको प्रयास, पशुपतिमा भगवान श्री कृष्णको यो फोटो सुट बन्यो भाइरल बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने नेपालसहितका नेता निर्वाचन आयोगमा फरक प्रदेशका सवारी साधन नवीकरण रोकिँदा समस्या स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन पक्राउ असन्तुष्ट नेतासहितको बैठकपछि एमालेमा एकताको सन्देश मौसममा सुधार हुन अझै केही दिन लाग्ने ‘खोपमा चरम लापरवाही’ एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध, बैंकिङ कारोवार ठप्प सुर्खेतमा पुनः एकसाता निषेधाज्ञा

अनुगमनमा सेनाको प्राविधिक टोली

शनिबार, ९ श्रावन २०७८, सगरमाथा पोष्ट.
मनाङ, गत जेठ १४ गतेदेखि बाढीपहिराको जोखिममा परेको जिल्लाको सडक सञ्जाल पूर्णरुपमा विच्छेद छ । लामो समयदेखि सडक, सञ्चार, विद्युत्बाट टुटेको यहाँको पुनःव्यवस्थापन गर्नुपर्ने अवस्था छ । बाढीपहिराले बगाएको सडकको निसानासमेत विलिन छ । मस्र्याङ्दी नदीको किनारैकिनार हुँदै यहाँका विभिन्न स्थान पुग्ने सडक सञ्जालका प्रायजसो ठाउँमा नयाँ ट्रयाक खोल्नुपर्ने भएको छ । सडकको निसान पूर्णरुपमा बाढीपहिराले बगाएको छ । त्यस्ता स्थानमा नयाँ ट्रयाक निर्माण गर्न मिल्ने नमिल्ने, सुरक्षित सडक सञ्जाल निर्माणका लागि अध्ययन तथा अनुगमन गर्न पूर्वश्रम तथा रोजगार राज्यमन्त्री एवं नेपाली कांग्रेस मनाङका सभापति टेकबहादुर गुरुङ सैनिक प्रविधिकको टोलीसहित मनाङ पुग्नुभएको छ । पूर्वमन्त्री गुरुङ नेपाली सेनाका महासेनानी इञ्जिनीयर इन्दीवर गुरुङ, अन्य प्राविधि टोलीसहित गण्डकी प्रदेशसभा सदस्यद्वय चिन्ताबहादुर घले र यशोदा सुवेदी गुरुङ, प्रमुख जिल्ला अधिकारी विष्णु लामिछाने, जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक सुवास खड्का तथा समाजसेवी खामसुङ गुरुङ नेपाली सेनाको हेलिकप्टरमार्फत पुग्नुभएको हो । टोलीले धारापानी र ताल क्षेत्रको पनि स्थलगत अवलोकन तथा अध्ययन गरेको स्थानीयवासी थुदेन लामाले जानकारी दिनुभयो । साथै सो टोलीले विभिन्न समयमा आएको बाढीपहिराले अवरुद्ध रहेको बेंसीशहर–चामे सडकखण्ड पुनःसञ्चालन गर्नका लागि अध्ययन गर्ने प्रमुख जिल्ला अधिकारी लामिछानेले बताउनुभयो । “लामो समयदेखि लगातारको वर्षाले नयाँ ट्रयाक खोल्दा समस्या हुनसक्छ, पहिले अध्ययन र अनुगमनपश्चात् मात्रै सुरक्षित सडक सञ्जाल निर्माणमा गर्ने सेनाको प्राविधिक टोलीको तयारी छ”, उहाँले भन्नुभयो । माटोको अवस्था अध्ययन तथा अनुगमनपछि सेनाको प्राविधिक टोली बेंसीशहर–चामे सडकखण्डको नयाँ ट्रयाक खोल्न खटिने जनाइएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू