Previous Version
Friday, Aug 06, 2021  |  शुक्रबार, २२ श्रावन २०७८   |  नेपाली समय लोड हुदैछ...
‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट’ चालक अनुमतिपत्र महसुल विवाद समाधानका लागि पुनरावलोकनमा आउन उद्योगीलाई आग्रह नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार कम्पनीको शेयरमा सकारात्मक सर्किट बिहीबार तीन जार ९३८ मा सङ्क्रमण नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन् : अर्थमन्त्री भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि भूकम्पपछिको पुनःनिर्माणको काममध्ये बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन ६८ लाखको अवैध सामान बरामद, २२ फरार प्रतिवादी पक्राउ १५३ फर्मलाई ४५ लाख जरिवाना छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित गोङ्गबुबाट पेस्तोलसहित तीन पक्राउ कांग्रेसका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्न प्रधानमन्त्रीलाई ज्ञापन अवैधानिक बैठक नगर्न आग्रह

एक वडाको पानी निकास गर्दा अर्को वडामा डुबान

बिहीवार, ७ श्रावन २०७८, सगरमाथा पोष्ट.
कैलाली, धनगढी उपमहानगरपालिका–३ मा जमेको पानी मोहना–अत्तरिया छ लेन सडकमा अवस्थित कल्भर्टबाट वडा नं २ मा निकास गर्दा सो वडाका केही स्थान डुबानमा परी जलमग्न भएका छन् । केही दिनको लगातारको वर्षाका कारण वडा नं ३ का विभिन्न क्षेत्र डुबानमा परेपछि उक्त पानी वडा नं २ बाट निकास गरेपछि वडा नं २ का शिखर टोल, मालिका टोललगायतका क्षेत्र डुबानमा परेका हुन् । मङ्गलबारदेखि वडा नं ३ को डुबान क्षेत्रको पानी वडा नं २ मा निकास गर्दा कतिपय वडावासीका घरभित्र पानी पसी खाद्यान्न, लत्ताकपडालगायतका सामग्री खराब भएको वडा नं २ का स्थानीयवासी राम भट्टले बताउनुभयो । उहाँले भन्नुभयो, “केही स्थानीयवासीले त घर तथा भान्सामा पानी पसी खानासमेत पकाउन पाएका छैनन् ।” शिखर टोल र मालिका टोलका स्थानीयवासीका घरका भुइँतला पूरै डुबानमा परेका छन् । डुबान भएपछि आवतजावतमा समेत समस्या भएको स्थानीयवासी कमला मल्लले बताउनुभयो । गाई बस्तुभाउ समेतलाई कता लैजाने भन्ने समस्या भएको उहाँले बताउनुभयो । यता प्रत्येक वर्ष बर्सातमा डुबानमा पर्ने गरेको वडा नं ३ मा पानी निकासको समस्या हुने भएका कारण उक्त पानी मोहनापुुल–अत्तरिया छ लेन सडकमा निर्माण गरिएको कल्भर्ट भई वडा नं २ बाट निकास दिनुपर्ने बाध्यता पनि छ । वडा नं ३ बाट वडा नं २ मा निकास गरिएको पानीलाई पनि निकासा दिनुपर्ने वडा नं २ वासीको भनाइ छ । दुवै वडामा डुबान नहुने गरी समस्या समाधान हुनुपर्ने माग गर्दै आएको वडा नं २ का स्थानीयवासीले बताएका छन् । लगातारको वर्षापछि वडा नं ३ का विभिन्न क्षेत्र जलमग्न भई नेपाल विद्युत् प्राधिकरणको धनगढी वितरण केन्द्र, हाटबजारलगायत क्षेत्र डुबानमा परी समस्या हुन थालेपछि प्रहरीले मङ्गलबार मोहनापुुल–अत्तरिया छ लेन सडकमा निर्माण गरिएको कल्भर्ट खोली निकास गर्न खोज्दा वडा नं २ का स्थानीयवासी र प्रहरीबीच झडपसमेत भएको थियो । झडप हुँदा सशस्त्र प्रहरीका छ र नेपाल प्रहरीका सात गरी १३ प्रहरी घाइते भएका थिए । त्यस्तै केही स्थानीयवासी पनि घाइते भएका थिए । लामो समय उक्त क्षेत्र तनावग्रस्त भई प्रहरी र स्थानीयवासीबीच मुठभेड हुन थालेपछि स्थितिलाई नियन्त्रण लिन प्रहरीले ५७ राउण्ड अश्रुग्यास हवाई फायर गरेको थियो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू