Previous Version
Sunday, Oct 17, 2021  |  आईतवार, ३१ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
नेपाली काँग्रेस शिवपुरी काठमाण्डौं सम्पर्क समितिद्धारा सुभकामना आदनप्रदान कार्यक्रम आयोजना करिब रु ७३ अर्ब बराबरको लगानी स्वीकृत अन्तर्राष्ट्रिय बालिका दिवस : घरबाटै विभेद अन्त्य गर्नुपर्ने नवरात्रको तेस्रो दिन चन्द्रघण्टा देवीको पूजा आराधना गरिँदै नुवाकोटको छहरेमा रा प्र पा को क्षेत्रीय कार्यालय उद्घाटन एक सय छतिस कार्यकर्ता राप्रपामा प्रवेश नेपाल टेलिकम वर्कर्स युनियन बाग्मती प्रदेशद्धारा सुभकामना आदनप्रदान कार्यक्रम आयोजना उपत्यकामा ७४ प्रतिशतले लगाए केरोना विरुद्धको खोप कोभिशिल्ड खोप लगाएकामा ६३.३ प्रतिशत र भेरोसेलमा ७२.४ प्रतिशत एन्टिबडी आइपिओ जारी गर्दै सामलिङ्ग पावर कम्पनी प्रतितोला रु २०० ले बढ्यो सुनको मूल्य संसद्मा अवरोध कायमै भाडा वृद्धि गरिएकामा आपत्ति हरित जलवायु कोषद्वारा छ अर्ब बराबरको परियोजना प्रस्ताव स्वीकृत कम मूल्यको प्रज्ञापनपत्र बनाई सामान नेपाल भित्रिने गरेको खुलासा कोरोनाले बन्दीपुर केबलकार परियोजना दुई वर्षपछि धकेलियो

पाँच मुक्तक - वत्सराज कोइराला

बुद्धबार, ६ श्रावन २०७८, सगरमाथा पोष्ट.
पाँच मुक्तक

- वत्सराज कोइराला
नवलपरासी, हाल: हेटौंडा


प्यार नै प्यार होस्, एक यै सार होस् !
जिन्दगी रम्य भै दु:खको हार होस् !!
प्रेमको मार्गमा हिंड्न पाइ रहूँ !
प्रेम-पूजा सधैं यै नमस्कार होस् !!


पिरती लगाउन सरल छैन यहाँ !
मन मिलाउन सरल छैन यहाँ !!
आँसु आफ्नो लुकाएर आँखामा !
मुस्कुराउन सरल छैन यहाँ !!


मनमा निकै गहन द्वन्द जब हुन्छ !
जीवनको भाव निस्पन्द जब हुन्छ !!
मसँग आएर तिमी भेट्नु है प्रिय !
चौतर्फी सबै द्वारहरु बन्द जब हुन्छ !!


बाँच्नको निम्ति सन्तोषको पल खोजिरहेछु !
हर कठिनाइको कुनै हल खोजिरहेछु !!
हृदय नै खडेरीको बगर भएको बेला !
प्रेमको सिंचन गर्न गंगाजल खोजिरहेछु !!


अन्तरमनलाई रसाउन देऊ !
मनको आवाज आउन देऊ !!
नडुबोस् तिम्रो सपनाको वस्ती !
भावनाको धारालाई बहाउन देऊ !!

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू