Previous Version
Friday, Aug 06, 2021  |  शुक्रबार, २२ श्रावन २०७८   |  नेपाली समय लोड हुदैछ...
‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट’ चालक अनुमतिपत्र महसुल विवाद समाधानका लागि पुनरावलोकनमा आउन उद्योगीलाई आग्रह नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार कम्पनीको शेयरमा सकारात्मक सर्किट बिहीबार तीन जार ९३८ मा सङ्क्रमण नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन् : अर्थमन्त्री भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि भूकम्पपछिको पुनःनिर्माणको काममध्ये बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन ६८ लाखको अवैध सामान बरामद, २२ फरार प्रतिवादी पक्राउ १५३ फर्मलाई ४५ लाख जरिवाना छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित गोङ्गबुबाट पेस्तोलसहित तीन पक्राउ कांग्रेसका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्न प्रधानमन्त्रीलाई ज्ञापन अवैधानिक बैठक नगर्न आग्रह

लागूऔषध ओसारपसार आरोपमा १५१ पक्राउ, ९९ मुद्दा दर्ता

बुद्धबार, ६ श्रावन २०७८, सगरमाथा पोष्ट.
टिस्टुङ, आर्थिक वर्ष २०७७÷७८ मा लागुऔषध ओसारपसारमा संलग्न भएको आरोपमा मकवानपुरमा १५१ जना पक्राउ परेका छन् । तीमध्ये १३९ नेपाली पुरुष, नौ नेपाली महिला र तीन भारतीय पुरुष छन् । जिल्ला प्रहरी कार्यालयका अनुसार असार महिनामा ३६, चैतमा २२, जेठमा १५, पुसमा १४, फागुनमा १३ र कात्तिकमा १० जना पक्राउ परेका र सो अभियोगमा ९९ वटा मुद्दा दर्ता गरिएकोे थियो । एक वर्षभित्र एक हजार ७९० किलो गाँजा, साढे २३ किलो चरेस, १४ ग्राम खैरो हिरोइन र १४ किलो ७५० ग्राम अफिम बरामद गरिएको प्रहरी प्रवक्ता जयश्वर रिमालले जानकारी दिनुभयो । त्यसैगरी सात हजार ३४७ ट्याब्लेट नाइट्रोभेट, ३०९ ट्याब्लेट डाइजेपाम, २९९ ट्याब्लेट फेनारगन र ३०७ ट्याब्लेट नोर्फिन बरामद गरिएको उहाँले बताउनुभयो । प्रहरीले २९६ बोतल कोरेक्ससमेत बरामद गरेको थियो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू