Previous Version
Friday, Aug 06, 2021  |  शुक्रबार, २२ श्रावन २०७८   |  नेपाली समय लोड हुदैछ...
‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट’ चालक अनुमतिपत्र महसुल विवाद समाधानका लागि पुनरावलोकनमा आउन उद्योगीलाई आग्रह नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार कम्पनीको शेयरमा सकारात्मक सर्किट बिहीबार तीन जार ९३८ मा सङ्क्रमण नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन् : अर्थमन्त्री भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि भूकम्पपछिको पुनःनिर्माणको काममध्ये बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन ६८ लाखको अवैध सामान बरामद, २२ फरार प्रतिवादी पक्राउ १५३ फर्मलाई ४५ लाख जरिवाना छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित गोङ्गबुबाट पेस्तोलसहित तीन पक्राउ कांग्रेसका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्न प्रधानमन्त्रीलाई ज्ञापन अवैधानिक बैठक नगर्न आग्रह

कोरोना सङ्क्रमण बढ्दै सङ्क्रमितको सङ्ख्या बढेर तीन हजार १०८, थप २५ को मृत्यु

मंगलवार, ५ श्रावन २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ, नेपालमा कोरोना सङ्क्रमितको सङ्ख्या बढ्दै गएको छ । पछिल्लो २४ घण्टामा सङ्क्रमितको सङ्ख्या बढेर तीन हजार १०८ पुगेको छ । सोमबार सङ्क्रमितको सङ्ख्या दुई हजार ४४५ थियो भने आइतबार सो सङ्ख्या एक हजार ८०१ रहेको थियो । योसँगै नेपालमा कोरोना भाइरसबाट सङ्क्रमितको सङ्ख्या सात लाख २१ हजार दुई पुगेको छ । पछिल्लो २४ घण्टामा थप आठ हजार ८३६ को पिसिआर परीक्षण तथा चार हजार २९९ को एन्टिजेन परीक्षण गरिएको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ । पिसिआर विधिबाट दुई हजार २०२ तथा एन्टिजेन विधिबाट परीक्षण गर्दा ९०६ मा सङ्क्रमण पुष्टि भएको हो । सोमबार सात हजार ८३३ को पिसिआर परीक्षण गर्दा एक हजार ६४२ तथा तीन हजार ८३१ को एन्टिजेन विधिबाट कोरोना परीक्षण गर्दा ८०३ मा सङ्क्रमण पुष्टि भएको थियो । यस्तै आइतबार छ हजार ६२८ को पिसिआर परीक्षण गर्दा एक हजार २२३ तथा तीन हजारको एन्टिजेन विधिबाट परीक्षण गर्दा ५७८ मा सङ्क्रमण पुष्टि भएको थियो । हालसम्म छ लाख ३४ हजार ७२७ जना कोरोना भाइरसबाट मुक्त भई घर फर्किएका छन् । पछिल्लो २४ घण्टामा देशभर एक हजार ५९५ सङ्क्रमित निको भई घर फर्किएको मन्त्रालयले जनाएको छ । सोमबार एक हजार २५८ सङ्क्रमित निको भएर घर फर्किएका थिए भने आइतबार एक हजार ६६७ जनामा सञ्चो भई घर फर्किएका थिए । काठमाडौँ उपत्यकामा ७१९ सङ्क्रमित थपिए काठमाडौँ उपत्यकामा पछिल्लो समय ७१९ सङ्क्रमित थपिएका छन् । काठमाडौँका ५३१, भक्तपुरका ४१ तथा ललितपुरका १४७ जना रहेका मन्त्रालयले जनाएको छ । सोमबार उपत्यकामा ४७४ सङ्क्रमित थपिएका थिए । काठमाडौँमा ३३०, ललितपुरमा ५६ तथा भक्तपुरमा ८८ जनामा सङ्क्रमण पुष्टि भएको थियो । यस्तै आइतबार उपत्यकामा ३३४ सङ्क्रमित थपिएका थिए भने काठमाडौँका २३४, भक्तपुरका ३६ तथा ललितपुरका ६४ सङ्क्रमित रहेका थिए । २५ सङ्क्रमितको मृत्यु पछिल्लो २४ घण्टामा कोरोना भाइरसको सङ्क्रमणबाट थप २५ सङ्क्रमितको मृत्यु भएको छ । योसँगै कोरोना भाइरसको सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या नौ हजार ६०७ पुगेको मन्त्रालयले जनाएको छ । सोमबार कोरोनाबाट ३२ जनाले ज्यान गुमाएका थिए भने आइतबार कोरोना भाइरसका कारण २३ जनाको मृत्यु भएको थियो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू