Previous Version
Friday, Aug 06, 2021  |  शुक्रबार, २२ श्रावन २०७८   |  नेपाली समय लोड हुदैछ...
आज मिति २०७८ साल साउन २१ गते शुक्रबार, अगष्ट ६ तपाँईको आजको दिन कस्तो हुनेछ ? ‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट’ चालक अनुमतिपत्र महसुल विवाद समाधानका लागि पुनरावलोकनमा आउन उद्योगीलाई आग्रह नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार कम्पनीको शेयरमा सकारात्मक सर्किट बिहीबार तीन जार ९३८ मा सङ्क्रमण नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन् : अर्थमन्त्री भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि भूकम्पपछिको पुनःनिर्माणको काममध्ये बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन ६८ लाखको अवैध सामान बरामद, २२ फरार प्रतिवादी पक्राउ १५३ फर्मलाई ४५ लाख जरिवाना छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित गोङ्गबुबाट पेस्तोलसहित तीन पक्राउ कांग्रेसका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्न प्रधानमन्त्रीलाई ज्ञापन

इपिएल क्रिकेट–अन्तर्राष्ट्रिय प्रशारणको अधिकार मारोनलाई

मंगलवार, ५ श्रावन २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ,  एभरेष्ट प्रिमियर लिग ९इपिएल० टी–ट्वान्टी क्रिकेट प्रतियोगिताको अन्तराष्ट्रिय सेल्स एजेन्टको रुपमा अष्ट्रेलियाको मारोन मिडियासँग सम्झौता भएको छ । सम्झौतासँगै चौंथो संस्करणको उक्त प्रतियोगिताको विदेशी देशमा बिक्री गर्ने अधिकारको जिम्मा मारोनले पाएको इपिएलद्वारा आज जारी प्रेस विज्ञप्तिमा जनाएको छ । इपिएल खेल मारोनले अन्तर्राष्ट्रियस्तरमा प्रत्यक्ष प्रशारण गर्नेछ । मारोनका सह–संस्थापक लारा रिचर्ड्सले एभरेष्ट प्रिमियर लिगसँग सम्झौता गर्न पाउँदा खुशी लागेको बताउनुभयो । त्यस्तै इपिएलका प्रबन्ध निर्देशक आमिर अख्तरले यस किसिमको सम्झौता गर्न पाउनु गर्वको विषय भएको बताउनुभयो । चौंथो संस्करणको इपिएल क्रिकेट आगामी असोज ९ देखि असोज २३ गतेसम्म सञ्चालन हुने तय भएको छ । प्रतियोगितामा विभिन्न ६ शहरका फ्रेन्चाइज टोलीले सहभागिता जनाउने छन् । जसमा साविक विजेता ललितपुर प्याट्रीयट्स, काठमाडौं किङ्स इलाभेन, पोखरा राइनोज, चितवन टाइगर्स, भैरहवा ग्ल्याडियटर्स र विराटनगर वारिवर्स रहेका छन् ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू