Previous Version
Friday, Aug 06, 2021  |  शुक्रबार, २२ श्रावन २०७८   |  नेपाली समय लोड हुदैछ...
‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट’ चालक अनुमतिपत्र महसुल विवाद समाधानका लागि पुनरावलोकनमा आउन उद्योगीलाई आग्रह नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार कम्पनीको शेयरमा सकारात्मक सर्किट बिहीबार तीन जार ९३८ मा सङ्क्रमण नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन् : अर्थमन्त्री भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि भूकम्पपछिको पुनःनिर्माणको काममध्ये बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन ६८ लाखको अवैध सामान बरामद, २२ फरार प्रतिवादी पक्राउ १५३ फर्मलाई ४५ लाख जरिवाना छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित गोङ्गबुबाट पेस्तोलसहित तीन पक्राउ कांग्रेसका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्न प्रधानमन्त्रीलाई ज्ञापन अवैधानिक बैठक नगर्न आग्रह

थामियो नेप्से, बजार पूँजीकरण ४१ खर्ब ५३ अर्ब

मंगलवार, ५ श्रावन २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ, धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से ९।०१ अङ्कले ओरालो लागेर दुई हजार ९८५।५७ मा ओर्लेको छ । आइतबार र सोमबार भने नेप्से उकालो लागेको थियो । यस्तै, ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक २।८२ अङ्कले ओरालो लागेर ५५८।११ मा ओर्लेको छ । कूल २१९ कम्पनीको तीन करोड १६ लाख आठ हजार १९३ कित्ता शेयर रु सात अर्ब ८९ करोड ७५ लाख ९४ हजार २६९ मूल्यमा खरिद बिक्री भए । मङ्गलबारको कारोवारपछि बजार पूँजीकरण रु ४१ खर्ब ५३ अर्ब सात करोड ९० लाख ३४ हजार ३०२ को हाराहारीमा पुगेको छ । कारोवार भएका कूल १३ उपसमूहमध्ये पाँच उपसमूहको शेयर मूल्य उकालो लाग्दा आठ उपसमूहको शेयर भने ओरालो लागेको छ । व्यापार १२६।३८, होटल तथा पर्यटन ६०।२१, जलविद्युत् ३५।८९, उत्पादन १४।३६ र सामूहिक लगानी कोष १।०२ बिन्दुले उकालो लागेको छ । यस्तै, बैंकिङ ०।७४, विकास बैंक ३८।२२, वित्त ३२।२२, निर्जीवन बीमा १८८।१६, अन्य २६।४२, लघुवित्त २७।११, जीवन बीमा १२६।९५ र लगानी १।११ बिन्दुले ओरालो लागेको छ । कारोवारका आधारमा अरुण काबेली पावर शीर्ष स्थानमा रहेको छ । सो कम्पनीको रु ३८ करोड ७८ लाख २० हजार ९६८ बराबरको कारोवार भयो । अरुण भ्याली हाइड्रोपावर रु २६ करोड ९८ लाख ४१ हजार २३९, नेपाल इन्स्योरेन्स रु २४ करोड १८ लाख २७ हजार ५१, एनआइसी एशिया बैंक रु २३ करोड ४९ लाख ६९ हजार ९१३ र कृषि विकास बैंक रु २२ करोड ७४ लाख ८५ हजार ९५७ बराबरको कारोवार भई शीर्ष स्थानमा पुगे । कारोवारका आधारमा लक्ष्मी उन्नति कोष १०।०४, लक्ष्मी इक्विटी फण्ड १०।०१, बरुण हाइड्रोपावर ९।३९, माउण्टेन हाइड्रोपावर ९।२८ र ग्लोबल आइएमई समुन्न्त स्किम–एकका लगानीकर्ताले ८।९२ प्रतिशतले कमाए । आइसिएफसी फाइनान्सको ऋणपत्र ६।१७, नेपाल इन्स्योरेन्स ४।७८, समिट लघुवित्त वित्तीय संस्था २।९१, एचआइडिसिएल २।८६ र पोखरा फाइनान्सका लगानीकर्ताले २।८१ प्रतिशतले गुमाए ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू