Previous Version
Friday, Aug 06, 2021  |  शुक्रबार, २२ श्रावन २०७८   |  नेपाली समय लोड हुदैछ...
‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट’ चालक अनुमतिपत्र महसुल विवाद समाधानका लागि पुनरावलोकनमा आउन उद्योगीलाई आग्रह नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार कम्पनीको शेयरमा सकारात्मक सर्किट बिहीबार तीन जार ९३८ मा सङ्क्रमण नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन् : अर्थमन्त्री भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि भूकम्पपछिको पुनःनिर्माणको काममध्ये बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन ६८ लाखको अवैध सामान बरामद, २२ फरार प्रतिवादी पक्राउ १५३ फर्मलाई ४५ लाख जरिवाना छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित गोङ्गबुबाट पेस्तोलसहित तीन पक्राउ कांग्रेसका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्न प्रधानमन्त्रीलाई ज्ञापन अवैधानिक बैठक नगर्न आग्रह

कामना (छन्द कविता)

मंगलवार, ५ श्रावन २०७८, सगरमाथा पोष्ट.
कामना (छन्द कविता)
- वत्सराज कोइराला
नवलपरासी, हाल: हेटौंडा


धेरै मान्छे विषयदहमा आज पौडिरहेछन्।
केका निम्ति दुःखबगरमा आज दौडिरहेछन्।।
भोगाशामा नभुली अब ता लोभ मात्सर्य फालौं।
उड्ने इच्छा मनबीच लिई आफूलाई उचालौं।।

हाम्रा पाउ अघिअघि बढुन् शैलमा चढ्नलाई।
जागोस् फुर्ति तन बदनमा तेजले जग्मगाई।।
सच्चा मान्छे यस धरतीमा बन्दछु स्वार्थमुक्त।
हाम्रो आत्मा अविजीत रहोस् उच्च आदर्शयुक्त।।

आफ्नो फोस्रो जीउधनप्रति बाँच्नु बेकार हो कि।
सत्यात्मा भै परहितप्रति ज्यूनु साकार हो कि।।
कैले होला अमर जीवनी पूर्ण त्यो सोच्नुपर्छ।
जे गर्नाले सफल जुनी होस् कर्म त्यै गर्नुपर्छ।।

फैलोस् आस्था सबतिर नया जोशले यो धरामा।
छिट्टै झुल्कोस् अभिनव उषा घाम लागोस् गरामा।।
मौका आयो विचलित नभै लक्ष्यमा पुग्न आउ ।
सङ्लो आशा लिइकन मृदु भावना जुर्मुराउ।।

जादू चम्कोस् हृदयबीचमा चेतना वीरताको।
उर्ली आओस् मनभरि उँचो भावना धीरताको।।
तस्मात् धर्ती पुलकित भई झुम्दछे सृष्‍टिभित्र।
होला पक्कै जग मधुरिमायुक्त सौन्दर्यचित्र।।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू