Previous Version
Friday, Aug 06, 2021  |  शुक्रबार, २२ श्रावन २०७८   |  नेपाली समय लोड हुदैछ...
‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट’ चालक अनुमतिपत्र महसुल विवाद समाधानका लागि पुनरावलोकनमा आउन उद्योगीलाई आग्रह नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार कम्पनीको शेयरमा सकारात्मक सर्किट बिहीबार तीन जार ९३८ मा सङ्क्रमण नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन् : अर्थमन्त्री भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि भूकम्पपछिको पुनःनिर्माणको काममध्ये बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन ६८ लाखको अवैध सामान बरामद, २२ फरार प्रतिवादी पक्राउ १५३ फर्मलाई ४५ लाख जरिवाना छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित गोङ्गबुबाट पेस्तोलसहित तीन पक्राउ कांग्रेसका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्न प्रधानमन्त्रीलाई ज्ञापन अवैधानिक बैठक नगर्न आग्रह

नेप्सेमा दोहोरो अङ्कको वृद्धि, बजार पूँजीकरण ४१ खर्ब ६५ अर्ब

सोमबार, ४ श्रावन २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ, धितोपत्र बजारमा शेयर कारोवार मापक नेप्से परिसूचक आज दोहोरो अङ्कले बढेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक १३।९७ अङ्कले बढेर दुई हजार ९९४।५८ मा पुगेको छ । ठूला कम्पनीको शेयर कारोवार मापक सेन्सेटिभ परिसूचक ०।०२ विन्दुले घटेर ५६०।९४ मा पुगेको छ । कूल २१९ कम्पनीको तीन करोड ७५ लाख ७१ हजार ३५४ कित्ता शेयर रु ११ अर्ब ८१ करोड ३७ लाख ५४ हजार ६०७ मूल्यमा खरिद बिक्री भए । कारोवार भएका १३ उपसमूहमध्ये आज पाँच उपसमूहको शेयर ओरालो लाग्दा आठ उपसमूहको शेयर भने उकालो लागेको छ । व्यापार उपसमूहको शेयर आज उल्लेख्य बिन्दुले बढेको छ । व्यापार उपसमूह १९६।०२ ले बढ्दा बैंकिङ १०।८४, निर्जीवन बीमा १०१।४४, उत्पादन ४१।२३, अन्य १६।८७, जीवन बीमा ५३।१५, सामूहिक लगानी कोष ०।१ र लगानी १।५९ बिन्दुले बढेको छ । यस्तै, होटल तथा पर्यटन १६।०४, विकास बैंक १८।३, जलविद्युत् १।५४, वित्त २९।७९ र लघुवित्त ४।४२ विन्दुले घटेको छ । सोमबारको कारोवारपछि बजार पूँजीकरण रु ४१ खर्ब ६५ अर्ब ६१ करोड ४७ हजार ५९ बराबर पुगेको छ । कारोवारका आधारमा आज एनआइसी एसिया बैंक शीर्ष स्थानमा रहेको छ । सो बैंकको रु ३५ करोड ४१ लाख ६६ हजार ४४ बराबरको कारोवार भयो । त्यस्तै नबिल बैंक रु ३३ करोड १८ लाख १२ हजार ४०९, नेपाल बङ्गलादेश बैंक रु ३१ करोड २९ लाख २१ हजार ९००, राष्ट्रिय बीमा कम्पनीको संस्थापक शेयर रु ३० करोड ९६ लाख ८९ हजार २३० र सिनर्जी पावर रु २८ करोड ९९ हजार ९२ ६६० बराबरको कारोवार भई शीर्ष स्थानमा रहेको छ । कारोवारका आधारमा आज सिनर्जी पावरको शेयर १० प्रतिशतले वृद्धि भई सकारात्मक सर्किट लागेको छ । विशाल बजार कम्पनी ९।२०, नेपाल इन्स्योरेन्स ७।५७, नागरिक लगानी कोष ६।४० र हिमालयन ऊर्जा विकास कम्पनीको लगानीकर्ताले ५।९८ प्रतिशतले कमाए । नेपाल इन्भेस्टमेन्ट बैंकको ऋणपत्र ५।८७, सनराइज बैंकको ऋणपत्र ५।०६, गुर्खाज फाइनान्स ३।६०, मञ्जुश्री फाइनान्स ३।२० र एचआइडिसिएलका लगानीकर्ताले ३।०२ प्रतिशतले गुमाए ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू