Previous Version
Friday, Aug 06, 2021  |  शुक्रबार, २२ श्रावन २०७८   |  नेपाली समय लोड हुदैछ...
‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट’ चालक अनुमतिपत्र महसुल विवाद समाधानका लागि पुनरावलोकनमा आउन उद्योगीलाई आग्रह नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार कम्पनीको शेयरमा सकारात्मक सर्किट बिहीबार तीन जार ९३८ मा सङ्क्रमण नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन् : अर्थमन्त्री भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि भूकम्पपछिको पुनःनिर्माणको काममध्ये बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन ६८ लाखको अवैध सामान बरामद, २२ फरार प्रतिवादी पक्राउ १५३ फर्मलाई ४५ लाख जरिवाना छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित गोङ्गबुबाट पेस्तोलसहित तीन पक्राउ कांग्रेसका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्न प्रधानमन्त्रीलाई ज्ञापन अवैधानिक बैठक नगर्न आग्रह

टोकियो ओलम्पिकको उद्घाटनमा नेपालको झण्डा गौरीकाले बोक्ने

बुद्धबार, ३० आषाढ २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ, जापानको राजधानी टोकियोमा आयोजना हुने ओलम्पिक खेलको उद्घाटन समारोहमा नेपालको झण्डा पौडी खेलाडी गौरीका सिंहले बोक्नु हुने भएको छ । नेपाल ओलम्पिक कमिटीले नेपाल यात्रा कार्यक्रममार्फत हिजो टोकियो ओलम्पिकमा नेपालको झण्डा बोक्ने खेलाडीको नाम सार्वजनिक गरेको हो । टोकियो ओलम्पिकमा नेपालबाट चार खेलका पाँच खेलाडीले सहभागिता जनाउनुहुने छ । सिंहले दोस्रो पटक ओलम्पिक खेल्न लाग्नुभएको हो भने अन्य चार खेलाडी पहिलो पटक ओलम्पिकमा सहभागी बन्दैछन् । उहाँले सन् २०१६ मा रियो ओलम्पिकमा सहभागिता जनाउनुभएको थियो । नेपालमा आयोजना भएको १३औँ दक्षिण एसियाली खेलकूद (साग)मा सिंहले पौडीमा चार स्वर्ण, दुई रजत र तीन कांस्य पदक प्राप्त गर्नुभएको थियो । टोकियो ओलम्पिकमा सिंहसहित पौडीबाट एलेक्स शाह, एथलेटिक्सकी सरस्वती चौधरी, सुटिङकी कल्पना परियार तथा जुडोकी सोनिया भट्टले सहभागिता जनाउनु हुनेछ । सिंहले महिला १०० सय फ्रि स्टाइल, एलेक्सले पुरुष १०० मिटर फ्रि स्टाइलमा, परियारले महिला १० मिटर एयर राइफल, भट्टले महिला ४८ किलो तौल समूह तथा चौधरीले महिला १०० मिटर दौडमा सहभागिता जनाउनु हुनेछ । यस्तै प्रशिक्षकहरू पौडीका शंकर कार्की, सुटिङका असिम यादव, जुडोका सूर्यनारायण श्रेष्ठ र एथलेटिक्सकी इन्द्रकुमारी मल्ल समेत टोकियो ओलम्पिकमा सहभागी हुने नेपाल ओलम्पिक कमिटीले जनाएको छ । टोकियो ओलम्पिकमा नेपालबाट खेलाडी र अफिसियलसहित कुल २६ जनाको सहभागिता रहने ओलम्पिक कमिटीले जनाएको छ । टोकियो ओलम्पिक आगामी साउन ८ देखि २४ गतेसम्म सञ्चालन हुनेछ । 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू