Previous Version
Friday, Aug 06, 2021  |  शुक्रबार, २२ श्रावन २०७८   |  नेपाली समय लोड हुदैछ...
‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट’ चालक अनुमतिपत्र महसुल विवाद समाधानका लागि पुनरावलोकनमा आउन उद्योगीलाई आग्रह नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार कम्पनीको शेयरमा सकारात्मक सर्किट बिहीबार तीन जार ९३८ मा सङ्क्रमण नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन् : अर्थमन्त्री भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि भूकम्पपछिको पुनःनिर्माणको काममध्ये बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन ६८ लाखको अवैध सामान बरामद, २२ फरार प्रतिवादी पक्राउ १५३ फर्मलाई ४५ लाख जरिवाना छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित गोङ्गबुबाट पेस्तोलसहित तीन पक्राउ कांग्रेसका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्न प्रधानमन्त्रीलाई ज्ञापन अवैधानिक बैठक नगर्न आग्रह

बेलायतमा जनवरीपछिकै सबैभन्दा धेरै सङ्क्रमित भेटिए

बिहीवार, १७ आषाढ २०७८, सगरमाथा पोष्ट.
रासस÷सिन्ह्वा,  बेलायतमा पाँच महिनापछि बुधबार सबैभन्दा धेरै कोरोना सङ्क्रमित भेटिएका बताइएको हो । त्यहाँको सरकारी निकायले सार्वजनिक गरेको तथ्यांकमा बुधबार पाँच महिना यताकै धेरै सङ्क्रमित भेटिएको पाइएको छ । बुधबार त्यहाँ २६ हजार ६८ जना कोरोना भाइरसका सङ्क्रमित भेटिएका हुन् । गएको २४ घन्टामा बुधबार ती सङ्क्रमित भेटिएको यहाँको स्वास्थ्य मन्त्रालयलाई उद्धृत गर्दै यहाँका सञ्चारमाध्यमहरुले जनाएका छन् । त्यहाँ यो भन्दाअघि गत जनवरी महिनामा यतिधेरै संक्रमित देखिएका थिए । यहाँ अहिलेसम्ममा देशभरिमा कोरोनाका ४८ लाखभन्दा बढी संक्रमित भेटिएका पाइएको छ । बेलायतमा कोरोना भाइरसबाट अहिलेसम्म कम्तीमा १ लाख २८ हजार १४० जनाको मृत्यु भइसकेको छ । यहाँ बुधबार मात्र १४ जना सङ्क्रमितको मृत्यु भएको बताइएको छ । अधिकारीहरुले पछिल्लो समयमा फेरि बेलायतमा दैनिक देखिने संक्रमितहरुको संख्या बढ्न थालेको बताएका छन् । यहाँ सङ्क्रमित देखिएको तुलनामा मृत्यु दर भने कम हुदै गएको पाइएको छ । यहाँ केही महिना अघिदेखि सङ्क्रमितहरु घट्दै गएकोमा पछिल्ला केही हप्तामा सङ्क्रमितहरु बढ्दै गएको देखिएको समाचारमा जनाइएको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

थप समाचारहरु


भिडियोहरू