Previous Version
Friday, Sep 17, 2021  |  शुक्रबार, १ असोज २०७८   |  नेपाली समय लोड हुदैछ...
विश्वकप क्रिकेट लिग–२मा नेपालद्वारा अमेरिका पाँच विकेटले पराजित छहरे टोखा सडक अझै खुलेन, यात्रु र सवारी चालक अलपत्र नेपालमा कोभिड–१९ जस्तै लक्षण भएको रोग भेटीयो, सचेत रहन स्वास्थ्य मन्त्रालयको अनुरोध मनकामना केबुलकार आइतबारबाट चल्ने सवारी दुर्घटनामा तीन जनाको मृत्यु देशको कला र संस्कृतिको पहिचान गराउन फेसियल हाउसको प्रयास, पशुपतिमा भगवान श्री कृष्णको यो फोटो सुट बन्यो भाइरल बुधबार रातिदेखि मनसुन थप सक्रिय हुने नेपालसहितका नेता निर्वाचन आयोगमा फरक प्रदेशका सवारी साधन नवीकरण रोकिँदा समस्या स्रोत नखुलेको रु ८५ लाख ५६ हजार रकमसहित तीन पक्राउ असन्तुष्ट नेतासहितको बैठकपछि एमालेमा एकताको सन्देश मौसममा सुधार हुन अझै केही दिन लाग्ने ‘खोपमा चरम लापरवाही’ एक सातादेखि इन्टरनेट सेवा अवरुद्ध, बैंकिङ कारोवार ठप्प सुर्खेतमा पुनः एकसाता निषेधाज्ञा

स्पेनमा हुने भनिएको खेल स्थगित

बिहीवार, १० आषाढ २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ, स्पेनमा हुने भनिएको आइसिसी विश्वकप क्रिकेट लिग–२ अन्तर्गत नेपाल, स्कटल्याण्ड र नामिबियाबीचको त्रिकोणात्मक एकदिवसीय सिरिज स्थगित भएको छ । कोभिड–१९ का कारण स्पेनमा तय भएको उक्त सिरिज एक वर्षका लागि स्थगित भएको नेपाल क्रिकेट सङ्घ (क्यान) का सचिव अशोकनाथ प्याकुरेलले जानकारी दिनुभयो । उक्त सिरिज जुलाई अन्तिममा हुने तालिका रहेको थियो । क्यानका सचिव प्याकुरेलका अनुसार सिरिज सन् २०२२ जुलाईसम्मका लागि स्थगित भएको छ । उक्त प्रतियोगिताका लागि नेपालले यही असार ८ गतेदेखि बन्द प्रशिक्षण शुरु गरेको थियो । लिग–२ अन्तर्गत नेपालले घरेलु मैदानमा ओमान र अमेरिकासँग चार खेल खेलिसकेको छ । लिगमा नेपालले चार खेलमा चार अङ्क जोडेको छ । नेपाल छैटौँ स्थानमा रहेको छ । ओमान १० खेलमा १६ अङ्क जोडेर शीर्ष स्थानमा रहेको छ । बाह« खेलमा १२ अङ्क जोडेको अमेरिका दोस्रो स्थानमा रहेको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू