Previous Version
Friday, Aug 06, 2021  |  शुक्रबार, २२ श्रावन २०७८   |  नेपाली समय लोड हुदैछ...
‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट’ चालक अनुमतिपत्र महसुल विवाद समाधानका लागि पुनरावलोकनमा आउन उद्योगीलाई आग्रह नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार कम्पनीको शेयरमा सकारात्मक सर्किट बिहीबार तीन जार ९३८ मा सङ्क्रमण नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन् : अर्थमन्त्री भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि भूकम्पपछिको पुनःनिर्माणको काममध्ये बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन ६८ लाखको अवैध सामान बरामद, २२ फरार प्रतिवादी पक्राउ १५३ फर्मलाई ४५ लाख जरिवाना छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित गोङ्गबुबाट पेस्तोलसहित तीन पक्राउ कांग्रेसका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्न प्रधानमन्त्रीलाई ज्ञापन अवैधानिक बैठक नगर्न आग्रह

नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग गर्न इच्छुक

सोमबार, ७ आषाढ २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ, सञ्चार तथा सूचना प्रविधिमन्त्री नैनकला थापाले इजरायलका नवनियुक्त प्रधानमन्त्री नफताली बेन्नेटलाई बधाई तथा सफल कार्यकालको शुभकामना दिँदै उहाँको कार्यकालमा दुई देशको सम्बन्ध थप उचाइमा पुग्ने विश्वास व्यक्त गर्नुभएको छ । नेपालका लागि इजरायलका राजदूत हनान गोडेरसँग आज मन्त्रालयमा भएको शिष्टाचार भेटवार्तामा उहाँले नेपालका विविध क्षेत्रमा इजरायलले गर्दै आएको सहयोगप्रति धन्यवाद व्यक्त गर्दै आगामी दिनमा समेत सहयोग र सहकार्यले निरन्तरता पाउने विश्वास व्यक्त गर्नुभयो । भेटमा राजदूत गोडेरले सञ्चारमन्त्री थापालाई नयाँ जिम्मेवारीका लागि बधाई दिँदै सफल कार्यकालको शुभकामना दिनुभयो । उहाँले नेपालको सूचना प्रविधिका क्षेत्रमा इजरायल सहयोग र सहकार्य गर्न इच्छुक रहेको बताउँदै नेपाल–इजरायल सम्बन्धले ६० वर्ष पूरा गरेको र आगामी दिनमा यो सम्बन्ध थप प्रगाढ बन्दै जाने विश्वास व्यक्त गर्नुभयो ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू