Previous Version
Friday, Aug 06, 2021  |  शुक्रबार, २२ श्रावन २०७८   |  नेपाली समय लोड हुदैछ...
‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट’ चालक अनुमतिपत्र महसुल विवाद समाधानका लागि पुनरावलोकनमा आउन उद्योगीलाई आग्रह नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार कम्पनीको शेयरमा सकारात्मक सर्किट बिहीबार तीन जार ९३८ मा सङ्क्रमण नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन् : अर्थमन्त्री भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि भूकम्पपछिको पुनःनिर्माणको काममध्ये बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन ६८ लाखको अवैध सामान बरामद, २२ फरार प्रतिवादी पक्राउ १५३ फर्मलाई ४५ लाख जरिवाना छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित गोङ्गबुबाट पेस्तोलसहित तीन पक्राउ कांग्रेसका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्न प्रधानमन्त्रीलाई ज्ञापन अवैधानिक बैठक नगर्न आग्रह

सामाजिक सुरक्षा भत्ता चोरी प्रकरणका दोषी उम्काउन खोजेको भन्दै वडा कार्यालय तालाबन्दी

सोमबार, ७ आषाढ २०७८, सगरमाथा पोष्ट.
प्रविण थपलिया, नुवाकोट नुवाकोटको पञ्चकन्या गाउँपालिका–२ को वडा कार्यालयबाट गत चैत २४ मा चोरी भएको भनिएका रहस्यमय घटनाको सत्य तथ्य तत्काल पत्ता लगाई अपराधीलाई कानुन बमोजिम कारवाही गर्दै तत्काल सामाजिक सुरक्षा भत्ता वितरण गराउने माग गर्दै नेपाली कांग्रेस पञ्चकन्या गाउँपालीका वडा नं 2 कार्यसमिति ले वडा कार्यालय तालाबन्दी गरेको छ । वडा सभापति माधव खनाल, महाधिवेशन प्रतिनिधि कृष्ण मिश्र, संघठन विभाग सचिव जगदिश कुइकेल, तरुण दलका सुमन कुमार महत लगायत नेता कार्यकर्ता स्थानीय बुद्द बुद्दा को उपस्थितीमा आइतबार वडा कार्यालय तालाबन्दी गरेको क्षेत्र नं 1 का क्षेत्रीय महासचिव तथा सोही वडाको प्रत्यासी उम्मेदवार रामश्ररण श्रेष्ठ जानाकारी गराउनु भयो । घटनाको अनुसन्धान गरी कारबाही गर्न दवाव दिन गत बैशाख 9 गते जि प्र का मा ज्ञापनपत्र बुझाएको विभिन्न बहानाबाजी बनाई घटनालाई अन्यत्र मोडी दोषी उम्काउन खोजेको भन्दै सामाजिक सुरक्षा भत्ता वितरण हुने ग्यारेन्टी नभएसम्म तालावन्दी कायमै रहने नेपाली कांग्रेसका स्थानीय नेता रामश्ररण श्रेष्ठले बताउनुभयो । ताला जवर्जस्ती खोले त्यसबाट उत्पन्न हुने जुनसुकै परिस्थितीको जिम्मेवार वडा, पालिका र प्रशासन हुनेछ आन्दोलनको नेतृत्व लिएको नेपाली कांग्रेस पञ्चकन्या गाउँपालीका वडा नं 2 कार्यसमितिले चेतावनी दिएको छ । गत चैत २४ गते बैंकबाट झिकेर वडा कार्यालयको दराजमा राखेको सामाजिक सुरक्षा भत्ताबापतको ५० लाख र कार्यालयमा रहेको थप ३ लाख ५३ हजार चोरी भएको भनिए घटनाको प्रहरीमा अनुसन्धान सुरु गरे पनि पनि अहिले सम्म सत्य तथ्य पत्ता लागेको छैन।
 
 
 
 

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू