Previous Version
Friday, Aug 06, 2021  |  शुक्रबार, २२ श्रावन २०७८   |  नेपाली समय लोड हुदैछ...
‘स्मार्ट’ बन्न नसकेको ‘स्मार्ट’ चालक अनुमतिपत्र महसुल विवाद समाधानका लागि पुनरावलोकनमा आउन उद्योगीलाई आग्रह नेप्सेमा दोहोरो अङ्कको गिरावट, चार कम्पनीको शेयरमा सकारात्मक सर्किट बिहीबार तीन जार ९३८ मा सङ्क्रमण नयाँ बन्ने भौतिक संरचना अपाङ्गमैत्री हुनेछन् : अर्थमन्त्री भरतपुर–भैरहवा उडान भर्दै बुद्ध एयर विश्व क्रिकेट लिग–२ को प्रशिक्षण आजदेखि भूकम्पपछिको पुनःनिर्माणको काममध्ये बाँकी काम समयमै सम्पन्न गर्न निर्देशन ६८ लाखको अवैध सामान बरामद, २२ फरार प्रतिवादी पक्राउ १५३ फर्मलाई ४५ लाख जरिवाना छत्रपाटी अस्पताल र नरदेवी आइसोलेसन सेन्टरको सेवा हाललाई स्थगित गोङ्गबुबाट पेस्तोलसहित तीन पक्राउ कांग्रेसका स्थानीय तहका अधिवेशनको नयाँ कार्यतालिका छिट्टै प्रहरी प्रशिक्षण प्रतिष्ठान स्थानान्तरण नगर्न प्रधानमन्त्रीलाई ज्ञापन अवैधानिक बैठक नगर्न आग्रह

१३ औँ महाधिवेशनपछि काँग्रेस निकै कमजोर बन्यो : नेता सिंह

आईतवार, ६ आषाढ २०७८, सगरमाथा पोष्ट.
काठमाडौँ, नेपाली काँग्रेसका नेता प्रकाशमान सिंहले पार्टीको १३ औँ महाधिवेशनपछि कांग्रेस निकै कमजोर बनेको बताउनुभएको छ । लोकतन्त्रका लागि हाम्रो अभियानले आज यहाँ आयोजना गरेको बागमती प्रदेशस्तरीय ‘नेपाली काग्रेसको १४ औँ महाधिवेशन र अबको बाटो’ विषयक अन्तक्र्रियामा उहाँले विधि र प्रक्रियाअनुसार पार्टी चल्न नसक्दा निकै कमजोर बनेको बताउनुभएको हो । “पार्टीको महाधिवेशन भएको तीन महिनाभित्र पार्टीका सबै विभाग गठन गर्ने विधानमा उल्लेख भएपनि लामो समयसम्म विभाग गठन नहुनु दुःखद् कुरा हो,” उहाँले भन्नुभयो । पूर्व उपप्रधानमन्त्री सिंहले चारजना कम्युनिष्ट प्रधानमन्त्रीले निर्माण गर्न नसकेको संविधान काँग्रेसको नेतृत्वमा निर्माण भएको भन्दै संविधानको रक्षा गर्ने मुख्य जिम्मेवारी काँग्रेसको काँधमा आएको बताउनुभयो । काँग्रेस केन्द्रीय सदस्य गगनकुमार थापाले महाधिवेशनको बारेमा छलफल गर्ने क्रम सकिएको भन्दै भदौमा हुने महाधिवेशनमा जुट्न सम्पूर्ण नेता तथा कार्यकर्तालाई आह्वान गर्नुभयो । उहाँले जनताले काँग्रेसलाई पाँच वर्ष प्रतिपक्षको जिम्मेवारी दिएपनि सरकारको कार्यशैली र सत्तापक्षको झगडाका कारण काँग्रेस प्रदेश र केन्द्रमा सरकारमा जान बाध्य हुनुपरेको बताउनुभयो । बागमती प्रदेशका प्रदेशसभा सदस्य गीता वाग्ले, विजुला बर्मा, नरोत्तम बैद्य, प्रभात तामाङलगायतले कुनैपनि बहानामा काँग्रेसको १४ औँ महाधिवेशनलाई आलटाल गरेर सार्ने षड्यन्त्र नगर्न नेतृत्वलाई सुझाव दिनुभयो । काँग्रेस नुवाकोटका सभापति जगदीश्वरनरसिंह केसी, काभ्रेपलाञ्चोकका सभापति मधु आचार्य, चितवनका सभापति जीतनारायण श्रेष्ठ, दोलखाका सभापति रुद्र खड्का, धादिङका सभापति रमेश धमलालगायतले काँग्रेसभित्र चाँडो क्रियाशील सदस्यता टुङ्ग्याएर महाधिवेशन प्रक्रियामा जानुपर्नेमा जोड दिनुभएको थियो । अभियानका संयोजक एवम् काँग्रेस केन्द्रीय सदस्य डा डिला सङ्ग्रौलाले लोकतन्त्रलाई बलियो बनाउन र तोकिएको समयमा १४ औँ महाधिवेशन सम्पन्न गर्नका लागि निरन्तर छलफल र बहस चलाइरहने बताउनुभयो । उक्त अभियानले यसअघि प्रदेश १ र प्रदेश २ मा छलफल सञ्चालन गरिसकेको छ ।

यसमा तपाईको प्रतिक्रिया (Comment)

भिडियोहरू